मुकेश नेपाली : जिल्लाको आठ वटा प्रहरी ईलाकाहरुलाई मानवीय सेवामा अनेकौ प्रयास संस्थाले कम्प्युटर हस्तान्तरण गरेको छ । मानविय सेवामा अनेकौ प्रयास संस्था द्धारा तथा सामाजिक अभियान्ता भक्तराज जोशिले बाजुरा जिल्लाका आठ वटा प्रहरि ईलाकालाई एक–एक कम्प्युटर र एक–एक सेट प्रिन्ट वितरण गरेको हो ।
मानविय सेवामा अनेकौ प्रयास संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्त भक्तराज जोशी आफै जिल्लाको सदरमुकाम मार्तडी पुगी उक्त सामाग्री हस्तान्त्रण गरेका हुन । जिल्लाका आठ वटा प्रहरी इलाका बार्जुगाड ,स्वामिकात्र्तिक , जुड्डी, बडीमालिका , दोगडी, मौरे , टाँटे र कुन्ना प्रहरी इलाकाहरुलाई एक–एक कम्प्युटर सेट र प्रिन्टर सेट हस्तान्त्रण गरिएको हो । प्रहरी इलाकाहरुमा शान्ति सुरक्षा कायम गर्न स्थायी रुपमा केही मात्रामा भए पनि सहज तरिका द्धारा डकोमेन्ट सुरक्षित गर्न र डाटा सुरक्षित एवम् छिटो छरितो रुपमा काम कार्र्यान्वयनमा टेवा पुग्ने उद्देश्यका साथ सो सामग्री हस्तान्त्रण गरिएको अध्यक्ष एवम् सामाजिक अभियान्ता जोशीले बताएका छन ।
विज्ञान र प्रविधिको युगमा प्रहरी प्रसाशनको गर्ने कामलाई छिटो तथा सुलभ रुपमा जनता सामु पुगोस् र प्रहरी मेरो साथी भन्ने भनाइलाई सार्थक बनाउने पनि लक्ष्य राखेको जोशीले बताएका छन । यसरी आगामी दिनमा पनि सहकार्य र समन्वय भए सम्म सहयोग गरी रहने पनि उनले बताएका छन । सो सामग्री हस्तान्त्रण कार्यक्रम प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षताम संचालन भएको थियो भने बडीमालिका नगरपालिका नगर उप–प्रमुख कविता विष्ट प्रमुख अतिथि रहेकी थिइन । यस्तै मानविय सेवामा अनेकौ प्रयास संस्थामा अध्यक्ष तथा सामाजिक अभियान्ता भक्तराज जोशी , नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लयागत अन्य कार्यलय प्रमुख एवम् प्रतिनिधीको सहभागीता रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य प्रहरी प्रम्ुख मदनजित महरा राखेका हुन भने कार्यक्रमको संचालन प्रहरी निरक्षक देवेन्द्रराज जोशीले गरेका थिए ।