युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
156 पटक पढिएको

धनगढी– कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपती आचार्यको बैंग्लोर जाने क्रममा मृत्यु भयो। साउन १५ गते धनगढीबाट हिँडेका आचार्यको बैंग्लोर नपुग्दै बाटोमै मृत्यु भएको थियो ।

पशुपती टुर एण्ड ट्राभल्र्समार्फत भारत गएका आचार्यको मानसिक अवस्था बिग्रिएपछि गाडीबाट आफै हाम फालेको दाबी ट्राभल्सले गर्दै आएको छ। तर शवको प्रकृति हेर्दा हत्या भएको देखिएको मृतक आचार्यका दाई लक्ष्मीनारायणले बताए। ‘शवको अवस्था हेर्दा पनि थाहा हुन्छ मृत्यु हो हो कि हत्या भनेर,’ उनले भने, ‘अब जे हुनु थियो भइहाल्यो, त्यसको वास्तविक रिपोर्ट चाहिन्छ ।’

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट आधा दर्जन बढी ट्राभल्स कम्पनीले भारतमा यात्रु ओसारपसार गर्दै आएका छन्। भारतको बैंग्लोर, दिल्ली, पन्जाब, मुम्बई लगायतका विभिन्न सहरहरुमा यात्रु ओसार्ने ट्राभल्र्स एजेन्सीमाथि अनावश्यक दु:ख दिने गरेको आरोप बेलबखत लाग्दै आएको छ। धनगढीबाट सिधै गन्तव्यमा पुगाउने भन्दै यात्रु बोकेका एजेन्सीले बीच बाटोमा गाडी परिवर्तन गर्ने, यात्रुलाई अलपत्र छाड्ने, दोब्बर भाडा असुल्ने गर्दै आएको गुनासो बढ्दै छ ।

बाटोमा अलपत्र छाड्ने एजेन्सीलाई कारवाही गर्नुपर्ने धनगढीदेखि भारतका विभिन्न सहरमा यात्रु ओसार्दै आएको पशुपती टुर एण्ड ट्राभल्र्सका सञ्चालक दीपक विष्टले बताए। ‘हाम्रा नेपाली दाजुभाईहरु पनि रक्सीको नशामा हुन्छन्, हामीले नै गाडीमा राख्नुपर्छ,’ उनले भने, ‘बाटोमा छाड्ने, भाडा बढी लिने एजेन्सीलाई कारवाही हुनुपर्छ ।’

धनगढीबाट भारतका विभिन्न सहरहरुमा गाडी सञ्चालन गर्ने एजेन्सीहरुले विगत लामो समयदेखि यात्रुहरुलाई समस्या पार्दै आएको भएपनि सरोकारवाला निकाय उदासिन देखिएका छन् । दोब्बर भाडा असुल्ने तथा यात्रुलाई दु:ख दिने एजेन्सीहरु अहिलेसम्म पनि कारबाहीको दायरामा आउन सकेका छैनन्। भारत जाने यात्रुसँग भाडाको विषयमा नेपालमा सम्झौता हुने र नाका पार गरेपछि कारोबार हुने गरेका कारण पनि ठगिएको तथा दु:ख दिएको ठोस प्रमाण भेटाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

‘हमीले यसमा निगरानी राखेका छौं। यत्रुहरुको टिकट हेर्ने र सोधपुछ गर्ने कार्य पनि गरिरहेका छौं’ उनले भने, ‘गलत गर्नेहरुलाई कारवाही नभएकै कारण प्रोत्साहित भएका हुन भने हामी निरुत्साहित गर्छौ। आगामी दिनमा गलत गर्नेहरुलाई कारवाही गछौ ं।’
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!