बाजुरा:बाजुरामा नेपाली कांग्रेस कुनैपनि विषयमा सामाजिक संजालमा अनरगल प्रचार नगर्ने सहमती भएको छ । शनिबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितीको बैठकले बाजुरामा नेपाली कांग्रेसको कुनै विवाद नभएको निष्कर्ष निकाल्दै कोही कसैले पनि नेपाली काँग्रेस बाजुराका सम्बनधमा अनरगल प्रचार नगर्ने सहमती गरिएको छ ।
नेपाली कांग्रेसको बाजुराको क्रियाशिल सदस्यता वितरणको विष्यमा विवाद भैरहेको बेला नेपाली काँग्रेस बाजुराको जिल्ला सदरमुकाम मार्तडीमा उपलब्ध नेताकार्यकर्ताहरु बसी बाजुरामा यस्तो कुनै विवाद नभएको र कोही कसैले पनि सामाजिक संचालनमा प्रचारप्रसार नगर्ने आपसी सहमती गरेका हुन् ।
जिल्लाको त्रिवेणी नगरपालिकाको वडा नं ७ र ८ मा क्रियाशिल सदस्यता वितरण सम्बन्धी केही नेता तथा कार्यकर्ताहरुले विवाद ल्यायता पनी त्यसको छानविन नेपाली कांग्रेसको विधान अनुसार हुने भएको छ ।
नेपाली काँग्रेसको १४ औ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशन नजिकी रहेका वेला बाजुरा जिल्लामा पक्षका आधारमा नेताहरुको सामाजिक संजाल फेसबुक मार्फत अफवाह प्रचार प्रसार गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै कोही कसैलाई पाटीृको विषय लिई सामाजिक संजालमा प्रचार नगर्न पनि नेता तथा कार्यकताहरुलाई आग्रह गरिएको छ ।
शनिबार बसेको बैठकमा सामाजिक संजालमा गलत प्रचा प्रसार नगर्ने भन्दै नेपाली काँग्रेस बाजुराका सह सचिव नरेन्द्र रोकाया,नेपाल महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह, तरुण दल बाजुराका सहिचव हिरेन्द्र रोकाया, नेविसंघ बाजुराका उपाध्यक्ष जनक थापा,डिएलए बाजुराका अध्यक्ष हर्क खडायत,नेपाल साँसकृतिक संघ बाजुराका अध्यक्ष बिष्णु धामीले हस्ताक्षर गर्दै प्रेस विज्ञप्ती सहित सामाजिक संजालमा गलत प्रचार नगर्ने सहमती गरेका हुन् ।
सामाजिक संजालमा अफबाह फैलाउने व्यक्तीलाई कांग्रेसको विधान अनुसार पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्ने बताइएको छ ।
सहं–सचिव नरेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकमा नेपाली कांग्रेसका पुर्व भुमिसुधार सहायक राज्यमन्त्री जनकराज गिरी, कांग्रेस महासमिती सदस्य जुना दानी , काँग्रेस बाजुरा पाटी प्रवक्ता नर बहादुर शाही, प्रचार प्रसार विभाग प्रमुख तिलकराज पुरी, बडिमालिका नगरपालिका नगरउपप्रमखु कविता विष्ट, जिल्ला कार्यसमिती सदस्य उमा रोकाया, धन बहादुर रावल, धनबहादुर सार्की, मोहन सिंह कार्की , सुनिता मिजार, महिलासंघ अध्यक्ष अमृता सिंह, तरुण सचिव हिरेन्द्र रोकाया, नेविसंघ उपाध्यक्ष जनक थापा, लगायत नेपाली कांग्रेसमा आवद्ध भातृ सघ , सुभेच्छुक संस्था र नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।