बाजुरा:कोरोना भाइरस अर्थात् कोभिडको जोखिमका कारण भलिबल प्रतियोगिता स्थगित भएको छ ।
खप्तड मालिका युवा संजाल बाजुराले राष्ट्रका लागि खेलकुल, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा संचालन हुन लागेको भलिबल प्रतियोगिता स्थगित भएको हो ।
खेल सोमबार अर्थात् साउन २५ गतेबाट जिल्ला सदरमुकाम मार्तडीमा संचालन हुन लागेको थियो । आइतबार नै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा कोरोनाको जोखिम बढीरहेको भन्दै जमघट तथा भेला नगर्न भनी स्थगित गर्ने सुुचना दिएसंगै उक्त भलिबल प्रतियोगिता स्थगित भएको संजालका अध्यक्ष शुक्रराज बोहराले बताएका छन् ।
यस्तो छ हेर्नुहोस् सुचना