युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
151 पटक पढिएको

बाजुरा: बुढीनन्दा नगरपालिका–५ कोटीला गाउँका बिकीमिया सामाजिक सुरक्षा भत्ता बुझ्न ५, ६ घण्टा पैदल हिँडेर कोल्टिबजार आए। तर भत्तालिनका लागि कागजपत्र जुटाउन उनलाई निकै सकस पर्यो । अपाङ्गता भएको प्रमाण जुटाएपछि मात्रै हातमा भत्ता पाउन सफल भए। उनी अपांगता भएका व्यक्ति हुन्।

यसअघि घरआँगनमै चौमासिक रूपमा भत्ता बुझ्दै आएको भएपनि बैङ्कबाट लिनुपर्ने भएपछि निकै सास्ती भएको उनले बताए। उनले भने, ’ अनपढ मान्छे चेकमा लेख्नुपर्ने, घण्टौं लाइनमा बस्नुपर्ने, हिँडेर थाकेको ज्यानले निकै सास्ती व्यहोर्नुपर्यो।’ घण्टौं हिँडेर बैङ्कमा पुगे पनि प्रक्रिया मिलाउँदा मिलाउँदै सास्ती खानुपरेको मियाले गुनासो पोखे।

’आफू खुट्टाको अपाङ्ग, आमा ८२ वर्षकी हुनुभयो, हिँड्न सक्नु हुँदैन, बैंकमा आमा नआए भत्ता दिँदैनन् । बोकेर ल्याउन नसक्दा आमाको सामाजिक सुरक्षा भत्ता लिन सकेको छैन,’उनले भने ।

बुढीनन्दा नगरपालिका–४ घोडाकोटका धनबहादुर रोकायाले पनि बैंकबाट भत्ता पाउन धेरै झन्झट व्यहोरोले बताए । अपाङ्गता, वृद्धवृद्धालाई दिनभरि लाइनमा बस्नु पर्दा बिरामी नै हुने अवस्था आएको रोकायाको गुनासो छ । ’आफू भत्तालिन घरबाट बिहान पानी समेत नखाएर ६ बजे निस्केको हुँ, ४ घण्टा हिँडेर १० बजे बैंकमा लाइन लागेको। ३ बजेसम्म लाइनमै छु,’ कति खेर पालो आउने हो थाहा छैन,’उनले भने,’ भत्ता हो कि यो सास्ती हो ।

यस्तै बुढीगंगा नगरपालिका–९ जुवापानीका ९१ वर्षीय ज्येष्ठ नागरिक दलबीरे नेपाली पनि बैंकिङ प्रणालीबाट सास्ती भएको बताए । ज्येष्ठना गरिकलाई भत्ता सहजसँग घरघरमा बाँड्ने व्यवस्या भए राम्रो हुने नेपालीले बताए । उनले भने, ‘बैंक पाएक पर्ने ठाउँमा छैन, एक दिन हिँडेर जानुपर्छ, सबै हिँडेर बैंक पुग्न सक्ने अवस्थाका पनि छैन ।

 

बिकीमिया, धनबहादुर रोकाया र दलबीरे नेपालीजस्ता ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती खेप्नु परेको छ। बाजुराका सयौं ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती व्यहोर्नु परेको छ ।
बूढीनन्दा नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम ,कोल्टिस्थित राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयबाट ४–४ महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम बुझ्न लक्षित सेवाग्राही आफैं बैंक पुग्नुपर्ने अनिवार्य बनाएको छ ।

तर, अहिले कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञा र वर्षातका कारण सडक अवरुद्ध हूँदा जंगलको बाटो हिँडेर बैंक धाउन समस्या भएको छ ।

सास्ती खेप्नुपरेपछि उनीहरुले पहिलेकोजस्तै घरघरमा भत्ता पुर्‍यादिने व्यवस्था गरिदिनुपर्ने माग गरेका छन्। बुढीनन्दा नगरपालिकाले नागरिकले दु:ख पाउन थालेपछि बैंकसँग समन्वय गरेर साउन महिनाको भत्तालिने समय तालिका सार्वजनिक गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत्त रामदत्त न्यौपानेले बताए । बैंक आउन नसक्ने असक्तहरुका लागि घरमै सामाजिक सुरक्षा भत्ता कसरी दिने भन्ने विषयमा छलफल भइरहेको नगरपालिकाले जनाएको छ ।
अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!