
अशाेक कुमार शाही (कर्णाली प्रदेश सम्वाददाता)- २००६ मा धौलागिरी हिमालमा दुर्घटनामा भयकाे एअर डाइनेस्टी एअरकाे हेलिकप्टर आज फेला परेको छ। धौवलागिरी हिमालको बेस क्याम्पभन्दा २०० मिटरकाे दूरीमा दुर्घटनाग्रस्त हेलिकप्टर फेला नेपाली सेनाले फेलापारेकाे छ।
सफा हिमाल अभियान अन्तगर्त हिमालको फोहोर हटाउनेक्रममा हेलिकप्टर फेला परेको नेपाली सेनाले बताएकाे छ। सेनाले हेलिकप्टरसँगै मानव कंकाल र केही लुगाका टुक्राहरु फेला परेको छ।
नेपाली सेनाले फेला परेको हेलिकप्टर २००६ मा दुर्घटनामा परेको डाइनेस्टीको एयर रहेकाे तर भेटियका मानव कंकालका बारेमा केहि नखुलेकाे बतायका छन।
सेनाले भेटायकाे कंकालकाे बारेमा हाल केही नुखुलेकाेले उक्त कंकालकाे पहिचान गर्ने प्रयास जारि रहेकाे एक सेनाले बतायका छन।