मिन बहादुर खड्का/बाजुरा– नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवम बडीमालिका नगरपालिका नगर उपप्रमुखका ससुरा हिरामणी बिष्टको निधन भएको छ ।
बिष्टको मंगलवार आफ्नै निवास चौराटामा ६८ बर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनएको छ । बिष्टको निधन प्रत नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले दुख व्यक्त गरेको छ ।
बिष्टको निधनको खबर पाए पश्चात जिल्ला कार्य समिति बाजुराले एक प्रेस बिज्ञप्तिमा जारी गर्दै बिष्टको निधनले सिङ्गो नेपाली कांग्रेस बाजुरा स्तब्ध भएको भन्दै दुख व्यक्त गरेको हो । यस दुखद घडीमा मृत आत्माको चिरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनमा ईश्वरले धैर्य धारमण गर्ने शक्ति प्रदान गरून् भनी नेपाली काँग्रेस बाजुरा गहिरो समवेदना प्रकट गर्दछ प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाजुराका कार्यालय सचीव टेक बहादुर रोकायाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा काँग्रेस बाजुराले एक कुशल तथा कर्मठ सदस्य गुमाउदा सिङ्गो नेपाली काँग्रेस बाजुरा शोकमग्न भएको भन्दै शाेक बिज्ञप्तिमा भनिएको छ ।