युनिकोड    राशिफल    एफएम रेडियाे                        
128 पटक पढिएको

कैलाली– सुदूरपश्चिम प्रदेशको धनगढीमा निर्माण सम्पन्न भएको रक्त सञ्चार केन्द्रको उद्धघाटन र रेडक्रसलाई हस्तान्तरण गर्ने कार्यक्रममा अमेरिकी सैनिक पोषाक सहित धनगढी प्रवेस गरेका छन् । झण्डै ११ करोडको लागतमा निर्माण सम्पन्न भएको रक्त सञ्चार केन्द्रको उद्धघाटन कार्यक्रममा सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड लगायतको उपस्थिती थियो ।

सोही कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासको टोली पनि आयो। सोही टोलीमा बर्दीधारी अमेरिकी सैनिक पुगेका थिए। २६ दिनअघि कैद गरिएको रक्त सञ्चार केन्द्र उद्धघाटनको तस्बिर अहिले भाइरल भएपछि देशभरी तरंग फैलिएको छ ।

यता अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो राखेको छ । अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चाँसो राखेपछि परराष्ट्र मन्त्रालयसँग यस विषयमा जानकारी माग गरिएको समिति सभापति पवित्रा निरौलाले बताइन् । ‘भवन उद्धघाटन गर्न बर्दीधारी अमेरिकी सेना धनगढी पुगेको हो भन्ने खबर आएको छ,’ उनले भनिन्, ‘मान्यज्यूहरुले चाँसो राखेपछि परराष्ट्र मन्त्रालयसँग मैले जानकारी मागेकी छु।’

नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने दूतावासको मापदण्ड अनुसार बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेको बताए । ‘सुदूरपश्चिम रक्त सञ्चार केन्द्र अमेरिकी जनताको सहयोगमा निर्माण भएको हो । बर्दी लगाएर नै कार्यक्रममा उपस्थित हुनुपर्ने उनीहरुको नियम रहेछ। त्यसैले बर्दीसहित कार्यक्रममा पुगेका हुने ।’

अमेरिकी सैनिक बर्दीसहित धनगढी पुगेकोबारे नेपाली सेना भने बेखबर छ । अहिले नेपालमा एमसीसीबारे चर्चा चुलिएको सयममा अमेरिकी सैनिक बर्दीमा देखिएपछि देशभर विरोध भइरहेको छ । हुन त ०७५ माघमा रक्त संचार केन्द्रको भवन शिलान्यास गर्दा पनि अमेरिकी सेना बर्दीसहित धनगढी पुगेको थियो । आजको दिनेश खबरमा प्रकाशन भएको छ ।
यो समाचार दिनेश खबरबाट साभार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!