राजेन्द्र बहादुर रोकाया– जिल्लाको उत्तरीपुर्बि क्षेत्रको बुढीनन्दा नगरपालिका वडा नं. एक मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी फेरी डाक्टर विहिन बनेको छ । दुर्गम जिल्लाको कोल्टीमा रहेर सेवा दिदै आउनुभएका डाक्टर राजुराज जैशी सोमवार विदाई भएर गएपछी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन बनेको हो ।
दुई वर्षका लागि बाजुरा आएका डाक्टर जैशीले एक वर्ष जिल्ला अस्पताल बाजुरामा सेवा दिएका थिए भने एक वर्ष प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा सेवा दिनुभएको थियो । सरकारी स्कुलरसिपमा अध्ययनरत स्वास्थ्यकर्मीले २ वर्ष अनिवार्य रुपमा दर्गममा रहेर सेवा दिनुपर्ने सरकारको प्रावधान अनुसार जैशी बाजुरा आएका थिए । सोहि निति अनुरुप दुर्गम क्षेत्रमा रहेर सेवा दिएका डाक्टर जैशीको कार्य अवधि सकिएकोले विदाई भएको जनस्वास्थ्य निरीक्षक ओमजङ्ग शाहीले बताए ।
सामान्य उपचार वाहेक अन्य जटिल खालको उपचारका लागि सुविधा सम्पन्न ठाउँमा जानुपर्ने वाध्यता भोग्दै आएका स्थानियलाई विरामी हुदा के गर्ने भन्ने चिन्ताले सताएको छ । बाजुरा लगायत हुम्ला, कालिकोट र मुगुका नागरीकलाई गुणस्तरीय सेवा दिदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले अव कहिले डाक्टर पाउने हो, नागरीक अलमलमा छन । स्थानियको उपचारका लागि पैशा नहुदाको पिडा एका तिर छ भने अर्का तिर विरामी हुदाको पिडा कायमै रहेको छ ।
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा १२ जनाको दरवन्दि रहेको छ । एक जना मेडिकल अधिकृत, एक जना हेल्थ असिष्टेन्ट, एक जना स्टाफ नर्स, तिन जना अनमि, तिन जना अहेव, एक जना ल्याप असिष्टेन्ट र २ जना कार्यालय सहयोगिको दरवन्दि रहेको उहाँले बताउनुभयो । तर अहिले स्वास्थ्य कार्यालयमा तिन जनाको दरवन्दि खालि रहेको छ । अन्य दरवन्दि परीपुर्ति भए पनि मेडिकल अधिकृत, हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको दरवन्दि खालि रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ ।
यता स्वास्थ्य संयोजक जशी विकले स्वास्थ्य केन्द्र कोल्टीमा मेडिकल अधिकृतको दरवन्दि अनुसार सरकारले नै पदपुर्ति गर्नु पर्ने बताउनुभयो । डाक्टर ब्यवस्थापनका लागि तत्काल केहि ब्यवस्थापन नहुने बताउदै उहाँले संघिय सरकार र प्रदेश सरकार संग पहलका लागि समन्वय गर्ने बताएका भए पनी केही गर्लान भन्ने आश मारिसकेको एक स्थानीयले बताएका छन ।
स्वास्थ्य केन्द्रमा दरवन्दि अनुसारका स्वास्थ्यकर्मी नहुदा सेवा प्रवाहामा समस्या देखिएको छ । हाल दैनिक ८० देखि ९० जना सम्म सेवाग्राहि आउने स्वास्थ्य केन्द्र अहिले अहेव र अनमिबाट सेवा प्रदान भएको बताईएको छ । स्थानिय सरकारले दरवन्दि अनुसारका स्वास्थ्यकर्मी ब्यवस्थापनमा पहल गरी स्वास्थ्य सेवालाई मजवुत वनाउनु पर्ने अवस्थामा उल्टै ब्यखवर वनेको नागरीकको गुनासो छ । कोरोना महामारीको लहरमा एक जना चिकित्सक अनिवार्य गर्नु पर्ने भए पनि बुढीनन्दा नगरपालिकाले भने रिक्त दरवन्दी पनि पदपुर्ति गर्न नसकेको स्थानियले बताएका छन ।