काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा पुन: नियुक्ती भए पछि देशका बिभिन्न ठाँउहरुमा कुलमान उज्यालो नेपाल जस्ता ब्यानेर सहित म.गलबार दिप प्रज्वलन गरिएको छ । यसै क्रममा कञ्चनपुरको महेन्द्रनगरमा पनि कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी अधिकृतमा नियुक्त भए पश्चात दिप प्रज्वलन गरी खुसी ब्यक्त गरेका छन ।
मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाइपाइ आएको तलब सुविधा उपलब्ध गराउने तयारी गरिएको छ ।
नवनियुक्तमन्त्री भुसालले हिउँदमा १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्यको नेतृत्व गरेका घिसिङलाई ल्याउन रुचि देखाएकी थिइन् ।
मन्त्री भुसालले यसअघि नै शाक्यलाई बोलाएर विकल्पको विषयमा छलफलसमेत गरेकी थिइन् । मन्त्रीले नै प्राधिकरणको कार्यकारी अधिकृतमा घिसिङलाई ल्याउन चाहेपछि कार्यकारी अधिकृत शाक्यले सार्वजनिक रूपमा सम्मानजनक रूपमा अन्यत्र पठाए आफू जान तयार भएको अभिव्यक्ति दिएका थिए ।
यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।