राम बहादुर दानी/बाजुरा– अछाम जिल्लाको बिनायक नगरपालिका घर भएका राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान अछामका सभापति जनक कार्कीलाई मातृ शोक परेको छ ।
श्रावण १२ गते गायक कार्कीकी आमाको मृत्यु भएको खबर गायक कार्कीको समाजिक सञ्जाल फसबुक वाट जानकारी भएको छ । उनको गत श्रावण १२ गते आफ्नै निवासमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । शुदुर पश्चिमका भाकाहरुलाई शब्दमा बुनेर गीत संगीतको माद्यामबाट समाज सम्म पुर्याउनु भएका कार्कीलाई यति खेर मतृ शोक परेकोमा सम्पुर्ण कलाकर्मीहरुले सामाजिक सञ्जालमा समबेदना अर्पण गरेका छन ।
उमेरले दिन खाइसकेकी उनकी आमाको निधनले सम्पुर्ण कलाकर्मीहरुलाई स्तब्ध बनभएको छ । सामाजिक सञ्जाल फेसबुकमा कार्की निकट कलाकर्मीहरुले भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दै गहिरो दुख ब्यक्त गरेका छन । उमेरले ६५ बर्ष पुरा गरिसकेकी अध्यक्ष कार्कीकी आमाको दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दछौ उनको सामाजिक सञ्जाल फेसबुकमा शुभचिन्तकहरुले दुख ब्यक्त गरेका छन ।