मिन बहादुर खड्का/बाजुरा:बुधवार जिल्ला अस्पताल बाजुरामा कोभिड (१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण कसरी गर्न् सकिन्छ भन्ने बिषयमा छलफल गर्नका लागी बसेको बैठकले काेभिड नियन्त्रणमा सञ्चार माध्यमकाे भुमिका रहने हुदा सुचना प्रवाह गरेर सहयाेग गर्न जिल्ला अस्पताल बाजुराले अनुराेध गरेकाे छ ।
जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीको अध्यक्षतामा भसेको बैठकमा पछिल्लो समयमा बालबालिकामा बढ्दै गैइरहेको कोरोना भाइरसको संक्रमण दरलाई कसरी नियन्त्रण गर्न सकिन्छ र यसका लागी के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने बिषयमा पत्रकारहरु संग छलफल गरिएको हो ।
बैठकमा जिल्ला अस्पताल बाजुराका प्रमुख प्रकाश जोशीले गत श्रावण १५ गते यता अस्पतालमा दैनिक भर्ना हुने बिरामी बालबालिको तथ्यांक सार्बजनिक गर्नुभएको हो ।अस्पतालमा श्रावण १५ गते यताको तथ्यांक मात्र हेर्ने हो भने ५ बर्ष मुनिका ३७ जना बिरामीको बालबालिकाहरु अस्पताल भर्ना भएको बताएका थिए ।जसमध्ये ३१ जना निको भएर घर फर्किसकेका , १ जनालाई रिफर गरिएको र ६ जना हाल जिल्ला अस्पताल बाजुरामै उपचारत अवस्थामा रेहेका उपचारत अवस्थामा रहेका दुईजनाको अवस्था जटिले रहेको जोशीले बताएका हुन ।
ती बिरामी बालबालिकामा स्वास प्रस्वास सम्बन्धि समस्या हुनुका साथै झाडापखाला ,जस्ता लक्षणहरु देखीएको हुदा यी लक्षणहरु कोरोनाको तेस्रो लहर संग मिल्ने भएकोले तेस्रो लहर आयो कि भन्ने पुर्व संकेत भएको र तेस्रो लहरको कोरोना संक्रमण आउन सक्ने र यसले बिकराल रुप लिन सक्ने सम्भावना बढी रहेको कार्यालय प्रमुख जोशीले बताए।
बैठकमा तेस्रो लहर फैलिन नदिनका लागि अर्थात यसले बिकराल रुप लिनबाट रोक्नका लागि कस्तो प्रकारको सुचना प्रवाह गरेर संक्रमण दर कम गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गरिएको थियो ।साथै बैठकमा कुन रेडियो अथवा अनलाइनले कस्तो सचेतनामुलक सामाग्री बजाउदा उपयुक्त हुन्छ भन्ने बिषयमा समेत छलफल भएको थियो ।
बैठकमा जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख प्रकाश जोशीको अध्यक्षतामा बसेका बैठकमा पत्रकार माहासंघ बाजुराका अध्यक्ष छकक मल्ल, सचिव ननदा थापा, जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी, प्रेस युनियनका अध्यक्ष प्रेम रौले, अन्य पत्रकार लगायतको उपस्थिती रहेको थियो ।