मुक्तक…
१.
तिमीले मलाई घरिघरि, नसताए हुन्छ ।
बारम्बार अब फोनगरी, नसताए हुन्छ ।।
मलाई छोडी उसैसँग,खुसि हुन्छौ भने,
हिजो अस्तिका जसरी, नसताए हुन्छ ।।
२.
दु:ख नै दु:ख आउन थाले, के गर्ने होला ?
कतै सहन नसकेर मरिहाले, के गर्ने होला ??
केही पाउनलाई केही, गुमाउनुपर्छ भन्छन्,
म जस्तै प्रेमिका गुमाएकाले, के गर्ने होला ??
३
लाएको माया गयो खेर रुनु पर्नेछ ।
एकदिन मलाई सम्झेर रुनु पर्नेछ ।।
छातीमा बाटो बनाई कुल्चेर हिड्यौ,
त्यसको बदला तिमी हेर रुनु पर्नेछ ।।
४.
खातका खात दु:ख पीर पठाईदिए हुन्छ ।
बिन्ती बरु मेरा खातिर पठाईदिए हुन्छ ।।
तिम्रो यादैयादमा पिल्सिएर मर्न सक्छु हेर,
याद मेटाउन एउटा तस्बिर पठाईदिए हुन्छ ।।
५.
तिमीले चाल्यौ अनौठो चाल बुझ्नै सकिनँ ।
साँच्चै माया होकि मायाजाल बुझ्नै सकिनँ ।।
मेरो पिठ्युँबाट छुरा चलाइ घात गरेर जाँदा,
तिमी म मा को भो मालामाल बुझ्नै सकिनँ ।।
✍️ विक्रम साउद सन्जोग (त्रि.न.पा.३ पुर्भूता बाजुरा)