
बाजुरा– बुढीगंगा नगरपालिका वडा नंं. १ अमकोटमा वाटोमा हिड्दै गर्दा गत बर्षको अम्कोटमा आएको वाढीले च्यापेर मृत्यु भएका धर्मराज पाध्यायको भाद्र १ गते बार्षिकि तिथी हुने आफन्तले जनाएका छन । घटनामा उद्वारमा सहयोग गर्ने सम्पुर्ण आफन्तजनहरुलाई बार्षिकी तिथीमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।
अम्कोटको पहिरोमा परि वर्षेनी कयौँले ज्याँन गुमाएका छन । आफ्नो गन्तब्यमा हिडिरहेका पाध्यायको २०७७ साल श्रावण १४ गते मृत्यु भएको थियो । २२ बर्षिया पाध्यायको यहि भाद्र १ गते वार्षिकी तिथी परेकोले सम्पुर्ण आफन्तलाई उपस्थितिका लागी अनुरोध गरेको मृतक पाध्यायकी बहिनी पुष्पा पाध्यायले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिईन ।