
बाजुरा– जिल्लाको बडीमालिका नगरपालिका–७ जिल्लीमा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
सनिबार सोही नगरपालिका–७ जिल्लीका ६६ वर्षीय धनकृष्ण पण्डितको भीरबाट लडेर मृत्यु भएको हो ।
पण्डित विहान गाउँ नजिकै रहेको घटामाण्डौ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिव एक सय मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टंकराज पण्डितले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
उनका अनुसार विहान ७ बजेतिर घरबाट निस्केका मूर्त पण्डित खाना खाने बेला सम्म पनि घर नर्फकियपछी खवर गर्दा मृत्यु भएको अवस्था फेला पारेको बताइएको छ ।
मृतक पण्डितको हिन्दु परम्परा अनुसार शनिबार नै दाहसंस्कार गरिएको आफन्त पण्डितले बताएका छन् ।