संगिता तिमिल्सेना– विश्वभरी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण फैलिन नदिन भोली अर्थात् बैशाख १९ गतेबाट जिल्ला अस्पताल बाजुरामा आकस्मिक सेवा बाहेक अन्य सेवाहरु बन्द गरिने भएका छन् । शनिबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षिय बैठकमा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बन्द गरिने जानकारी गराइएको हो ।
बाजुरा जिल्लामा अहिले सक्रिय संकमित जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार ८९ जनाको एनटीजोन परिक्षण गरिएको मध्य ३७ जनाको कोरोना पोजेटिभ आएको बताइएको छ । जसमध्ये बडिमालिका नगरपालिकाका सबैभन्दा बढी १७ जना, हिमाली गाँउपालिकाका १३ जना, बुढीगंगा नगरपालिकाका ४ जना, खप्तड छेडेदह गाँउपालिकाका २ जना,त्रिवेणी नगरपािलकाका १ र गौमुल गाँउपालिकाका १ जना गरि ३८ जना सक्रिय संक्रमित रहेका छन् । जिल्ला स्वास्थय कार्यालयका अनुसार यो तथ्यांक परिक्षण गरिएकाहरुको ४१ प्रतिशत हो ।
शुक्रबारसम्म बाजुरा जिल्लाको हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका र गौमुल गाँउपालिकामा मात्र एन्टीजोन परिक्षण गरिदैँ आएको थियो भने शनिबारदेखि बुढीनन्दा नगरपालिकामा पनि एन्टीजोन परिक्षण गर्न थालिएको र भोलीबाट बाजुरा जिल्लाका अन्य सबै पालिकाबाट एन्टीजोन परिक्षण गर्न सुरु गरिने पनि बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सवैपक्षिय बैठकले बाजुरा जिल्लामा कोरोना महामारी फैलिसकेपछि सबैक्षेत्रमा परेको असरका बारेमा पनि छलफलसंगै आवश्यक काम कारवाहीका लागि पहल गरिने भएको छ ।
111 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs