१- चाैधै भुवन डुली
सम्बन्ध गाँस्याे अमिट
माैलिक सिर्जना साइनाे ।
२- ए क्षितिज हटी दे
न छेक लाली किरण
धीत मरुञ्जेल चुम्नुछ ।
३- साक्षी छन् घाम जून
बुढा गाेरुकाे लडाइँ
रमितै रमिता देशमा !
४- गर्मागर्मी छ खाल
अध्यादेशकाे तुरुप
सकुनीकाे पासा पल्टेला !
५- आँखा फुटेका साँढे
तिघ्राकाे लाली जाेवन
दायित्व संस्कृति जगेर्ना !
६- प्राकृतिक दाेहन
मानवमाथि चुनाैति
उजाड बने गाउँ बस्ती !
७- अक्सिजन अभाव
आक्रान्त जनजीवन
मेराे देशकाे राजनीति ।
८- सिकाैं विगतबाट
अंगालाै आगतलाई
काेराैं भविष्यकाे सचित्र ।
९-जाल झेल कपट
राजनीतिका अैाजार
गराैं ध्वंश अनि निर्माण ।
१०-छाेडाै वैमनस्यता
उनाै एकता सूत्रमा
हिमाल पहाड तराइ ।
छविलाल खड्का
काेहलपुर