
बाजुरा– नेपाल पत्रकार माहासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र प्रेश युनियन जिल्ला कार्य समिति सचीव प्रशान्त राज जोशीको ब्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको भन्दै एक प्रेश बिज्ञप्ति मार्फत घोर आपत्ति जनाएका छन् ।
केहि दिन अगाडी देखि रेडियो पौरखी ९०.४ मेगाहर्ज संचालक समिति र कर्मचारीहरु विच पारिश्रमिकको विषयमा भएको बिवादका कारण रेडियो बन्द भएको थियो । सो विषयमा बिवाद चुलिदै जाँदा रेडियोमा कार्यरत कर्मचारीहरुले आफुले पारिश्रमिक नपाएको भन्दै रेडियोको साँचो व्यबस्थापकलाई बुझाएर रेडियो बन्द भएको थियो । रेडियोका कर्मचारीहरुले नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल प्रेस युनियन बाजुरालाई एक निवेदन पेश गरी आफुहरुलाई न्याय दिलाइ दिन अननुरोध गरेका थिए ।
रेडियो संचालक समितिले निज ५ वटै कर्मचारीहरुको पारिश्रमिक तत्काल भुक्तानी गर्ने निर्णय गरी रेडियो नियमित संचालनमा ल्याउने भन्ने निर्णय अनुसार नेपाल पत्रकार माहासंघलाई सो बिषयमा संचालन समितिले जानकारी दिएको थियो । यसै अनुरुप नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाजुराका सचिव प्रशान्तराज जोशीले रेडियाोका कर्मचारीहरुलाई तत्काल पारिश्रमिक दिलाउने विषयमा निर्णय भएकोले श्रावण २९ गते देखी रेडियो केहि पुरानै कर्मचारीहरुबाट पुन: संचालन गर्ने गरी निर्णय भएको थियो ।
यसै विषयलाई लिएर पारिश्रमिक नपाएको भन्दै रेडियो संचालक समितिलाई दवाव दिलाउन महाासंघ र युनियनसंग निवेदन गरेका रेडियोका पाँच जना कर्मचारीहरुको पारिश्रमिकको सुनिश्चित र पुन स्थापना गर्ने कुरामा नेपाल पत्रकार महासंघले लिएको अडान पश्चात रेडियो पुन: संचालन गर्ने समयमा युनियन सचिव र महासंघ अध्यक्ष रेडियोमा गएर संचालक समितिलाई सहयोग गरेको भन्दै अपवाह समाचार प्रकाशन भएको थियो ।
नेपाल पत्रकार महासंघ बाजुराले रेडियोमा कार्यरत कर्मचारीलाई न्याय दिनुको सट्टा उल्टै रेडियो संचालन गर्न गएको र रेडियोमा कार्यरत कर्मचारी प्रति गैर जिम्मेवार काम गरेको आरोप निज कर्मचारीहरुले लगाएका थिए । सोही बिषयलाई लिएर चरीत्र हत्या हुने गरी लेखेको समाचार प्रति आफ्नो घोर आपत्ति रहेको नेपाल पत्रकार माहासंघ बाजुराका अध्यक्ष छक्क मल्लले बताए ।
रेडियोमा कार्यरत कर्मचारीलाई अन्याय भएको भन्दै ५ जना रेडियाका कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षरित निवेदन नेपाल पत्रकार माहासंघ बाजुरा साखामा दिएका थिए । उक्त निवेदन अनुसार माहासंघले कानुनी प्रक्रिया अनुरुप अघि बड्ने निर्णय गर्ने कुरा अवगत गराएको थियो । हामी यो बिषयमा दिनरात नभनी रेडियोका कर्मचारीहरुको समस्या समाधानमा खटिरहेका छौ ।उनिहरुले पारिश्रमिक पाउनु पर्छ भन्ने कुरामा हामी कर्टिवद्व महासंघ अध्यक्ष मल्लाको भनाई रहेको छ ।
नेपाल पत्रकार महासंघ रेडियोका कर्मचचारीहरुको पेषागत हकहितका लागी खटिएकै सममयमा पनि आफुलाई वेवास्ता गरेको भन्दै गैर जिम्मेवारी बनेको आरोप लगाएर आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको छ यसमा हामी घोर आपत्ति जनाउदछौ विज्ञप्तिमाा भनिएको छ ।
यसरी नेपाल प्रेश युनियन जिल्ला कार्य समितिमा निवेदन दिए पश्चात् सो बिषमा समस्या समाधान गर्ने कुरा अवगत गराउदा पनि रेडियोमा कार्यरत संचारकर्मीहरुले आफुलाई वेवास्ता गरेको भन्दै पत्रकार माहासंघमा निवेदन दिएको प्रेश युनियन जिल्ला कार्य समिति सचिव प्रशान्त राज जोशीले बताए ।
पेशागत रुपमा ब्यक्तिगत आचाआउने गरि विधि बिधान रुपमा दर्ता नभएको मालिका टुडे नामक अनलाइन न्यूजले अपवाह फैलाउने गरी ब्यक्तिको चरित्रमा आँच आउने खालको समाचार प्रकाशन गरेकोमा उक्त मिडियाका संचालक प्रेम रौले र अवैधानिक रुपमा संचालित मालिका टुडेलाई कारबाहीको माग गरेका छन । उक्त समाचार प्रति घोर आपत्ति जनाउदै प्रकाशित समाचार नसच्चिएवा समाचारको खण्डन नगरेमा थप कानूनी उपचारको बाटो खोज्ने भन्दै एक प्रेश बिज्ञप्ति मार्फत घोर आपत्ती जनाएको बताईएको छ ।
समाचारमा महासंघ अध्यक्ष र युनियन सचिबको फोटामा मृत ब्यक्तिको सांकेतिक रंगको प्रयोग गरी नाम लेखिएकोले जीवित ब्यक्तिलाई मृतक्को संज्ञा दिएकोमा सम्बन्धित संचार मिडियाले माफी नमागे सम्म आफु चुप लागेर नबस्ने महासंघ अध्यक्ष र युनियन सचिवले बताएका छन् ।