युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
118 पटक पढिएको

चितवन — कोरोना संक्रमितको संख्या चितवनमा हालसम्मकै उच्च बिन्दुमा पुगेको छ तर भीडभाड भने सामान्य अवस्थामा हुँदाको जस्तै बन्न थालेको छ । राजनैतिक दलका गतिविधि जारी छन् । सहर बजारतिर जेनतेन मास्क लगाउने गरे पनि गाउँघरमा बिनामास्क नै हिँडडुल, जमघट हुने गरेको छ । स्वास्थ्य अधिकारीहरू गाउँ सहर जताततै कोरोना संक्रमण पुगेको बताउँछन् ।
‘भीडभाड बढेर नै संक्रमण बढेको हो । बजार तिर मास्क लगाउने चलन कायम छ । तर गाउँतिर नलगाउनेहरू धेरै भेटिन्छन् । यो पटक संक्रमण गाउँ सहर जताततै पुगेको छ । भीडभाड गाउँतिर पनि हुने नै भयो,’ चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने । स्वास्थ्य कार्यालयका अनुसार साउनयता शुक्रबारसम्म चितवनमा चार हजार ७ सय २५ जना संक्रमित थपिएका छन् । कोरोना संक्रमण सुरु भएयता महिना दिनमै संक्रमित भएको उक्त संख्या अहिलेसम्मकै बढी हो । यसअघि वैशाखमा ४ हजार १ सय ७७ जना संक्रमित भएका थिए । चितवनमा संक्रमित हुने कुल संख्या हालसम्म २२ हजार ८ सय ३४ पुगेको छ ।

गत वर्षको साउन महिनामा जम्मा १ सय ५ जना संक्रमित भएका थिए । त्यसपछि संक्रमण बढेको भनेर गत वर्षको भदौ १ गतेदेखि जिल्लाभर निषेधाज्ञा लाग्यो । निषेधाज्ञाका बीचमा पनि गत वर्षको कात्तिकमा पहिलो लहरको सबैभन्दा धेरै २ हजार १ सय ५८ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘गत वर्ष अहिलेको तुलनामा संक्रमितहरू निकै कम थिए । तर मान्छेहरू कोरोनाबाट जोगिन खोज्थे । अहिले संख्या अति नै छ । त्यो अनुरूपको सजगता देखिँदैन । साउन अन्तिमसम्म यसपटक एकै महिनामा ५ हजार बढी संक्रमित हुने खतरा छ,’ स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीले भने ।

अगुवाबाटै उल्लंघन
कोरोनाको दोस्रो लहर बढेसँगै चितवनमा वैशाख १६ गते मध्यरातबाट निषेधाज्ञा सुरु भयो । निषेधाज्ञा पहिलाको जस्तै कडा त छैन तर अहिलेसम्म जारी भने छ । निषेधाज्ञाका बेला पनि सभा सम्मेलन, प्रदर्शन, भेला तथा सेमिनार, तालिम, जात्रा महोत्सवहरू चलेकै छन् । शुक्रबार दिउँसो भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले फेसबुकमा थुप्रै तस्बिरहरू राखिन् । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको भरतपुर–१ को वडा भेलाका ती तस्बिरमा सयौं सहभागी थिए । मेयर दाहाल पनि मञ्चमा थिइन् । मञ्चमा बसेका नेताहरूले दूरी कायम राखेका थिएनन् भने केहीले मास्कसमेत लगाएका थिएनन् ।

प्रदेश सरकारका मन्त्री दावा दोर्जे लामा शनिबार बिहान पूर्वी चितवनमा आयोजना भएको कार्यक्रममा सहभागी भए । जहाँ कार्यकर्ताहरू बाक्लै सहभागी थिए । बजारमा पसलहरू पालो लगाएर समय तोकेर खुलेका छन् । तर भीडभाड छ । सरकारी कार्यालयहरू र अस्पतालमा भीडभाड उस्तै छ । सर्वसाधरण मात्रै नभएर अगुवाहरूसमेत भीडभाडलाई प्रोत्साहित गरेको दलहरूले आयोजना गर्ने कार्यक्रमले देखाउँछ ।

‘हाम्रो वडा भेलाहरू शुक्रबारसम्म थिए । एकहप्ते कार्यक्रम हो । अब कार्यक्रम हुन्न । कार्यक्रम गर्दा पनि स्वास्थ्य मापदण्ड पालना भएको छ,’ माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले भने । उनले बजारमा पनि बिस्तारै भीडभाड कम हुँदै गएको बताए । कोरोना संक्रमणको नियन्त्रणका लागि प्रशासनले ल्याउने योजनामा सबैले सहयोग गर्नुपर्ने र उपचार व्यवस्था सहज र सुलभ बनाउन प्रशासन लाग्नुपर्ने उनले बताए ।

उपचार व्यवथापनमा चुनौती

संक्रमितको संख्या कतिसम्म पुग्ने हो भनेर आकलन गर्न गाह्रो भएको स्वास्थ्य अधिकारीहरू बताउँछन् । ‘हाम्रो अनुरोध चेन ब्रेक गरौं भन्ने हो । यसका लागि कडा लकडाउन आवश्यक हुन्छ, तब मात्रै संख्या कम होला । नभए खै कसरी सम्भव छ र संक्रमण घटाउन,’ चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने । चितवनमा पहिलो लहरमा गत वर्षको कात्तिकमा १८ सयको हाराहारीमा सक्रिय संक्रमित थिए । दोस्रो लहर आउँदा गत जेठमा पाँच हजारको हाराहारीमा संक्रिय संक्रमित भएका थिए । अहिले सक्रिय संक्रमितहरू २ हजार ५ सय ३१ पुगेका छन् । संक्रमितहरू थपिँदै जाँदा आउँदा दिनमा यो संख्या बढ्ने पक्का छ । दोस्रो लहरमा चितवनका अस्पतालहरूमा बढीमा ६ सयको हाराहारीमा संक्रमितहरू उपचारका लागि भर्ना भएका थिए । ‘दोस्रो लहर नै कायम छ । तर संख्या फेरि बढेको छ । अस्पतालमा सबै संक्रमित लक्षणसहितका छन् । अक्सिजन, आईसीयू, भेन्टिलेटर चाहिनेहरू नै आएका छन्,’ भरतपुर अस्पतालको कोभिड क्लिनिकल को–अडिनेटर रहेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.प्रमोद पौडेलले भने । पहिला पाँच/सात दिन ज्वरो आउने र निको हुन थाल्ने बिरामीहरू थिए । अहिले ज्वरो लामो समय नघट्ने र श्वासप्रश्वासको समस्या सुरु हुने गरेको छ ।

‘आठ १० दिनसम्म ज्वरो नघट्ने र ११/१२ दिनपछि श्वास फेर्न गाह्रो हुने समस्या भएका बिरामीहरू बढ्न थालेका छन् । यसले गर्दा बिरामी धेरै समय आईसीयू या भेन्टिलेटरमा बस्नुपर्छ । यसले व्यवस्थापनमा केही समस्या ल्याउँछ,’ डा.पौडेलले भने । मान्छेहरू कोरोनाबाट डराउन छाडेको उनको अनुभव छ । त्यसैले लक्षण देखिएर गाह्रो हुन थालेपछि नै परीक्षण गराउन आउने गरेका छन् ।

‘कन्ट्र्याक ट्रेसिङ गर्ने, लक्षणका आधारमा परीक्षण गर्ने हो भने संख्या त अहिलेको भन्दा निकै ज्यादा आउँछ । समुदायमा कोरोना संक्रमित धेरै नै छन् । तर परीक्षण व्यापक हुन सकेको छैन । लक्षण देखिएर समस्या बढेपछि मात्रै उनीहरू अस्पताल सक्छन् । एकै पटक आए अस्पतालमा चाप बढ्छ,’ डा. पौडेलले भने । चितवनमा कोरोना संक्रमितका लागि बढीमा १२ सय शय्या उपचारका लागि छुट्याउन सकिने अवस्था रहेको छ । ‘संक्रमित जति नै बढे पनि १२ सयभन्दा बढी शय्या उपचारका लागि व्यवस्था गर्न सकिने अवस्था देखिँदैन । शय्या मात्रै भएर भएन चिकित्सक प्राविधिकहरू पनि चाहियो,’ चितवन स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले भने । यो पटक चिकित्सकहरू पनि संक्रमित हुने र लक्षण देखिने समस्या बढेको छ । यसले झनै चिन्ता थपेको तिवारीले बताए । संक्रमित बढ्न थाले शय्या, चिकित्सक र अक्सिजनको अभाव सुरु हुने डर छ । ‘त्यसैले कोरोना फैलनबाट रोक्नुपर्‍यो । यसको पहिलो काम भीडभाड हुन दिनुभएन । यो काम कसैले लगाएर अह्राएर, डन्डा चलाएरभन्दा पनि हरेक मान्छेले म भीडभाडमा जान्न, रोग कम नहुँदासम्म घर मै बस्छु नभनेसम्म कार्यन्वयनमा आउन सक्दैन,’ स्वास्थ्य कार्यालय प्रमुख तिवारीले भने । स्वास्थ्य कार्यालयका अनुसार चितवनमा संक्रमितमध्ये हालसम्म जिल्लाका ३ सय ६२ जनाको निधन भएको छ ।
कान्तिप्र पोष्टबाट साभार

प्रकाशित : श्रावण ३१, २०७८ ०७:४८

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!