
-कसैलाई किन्छन कसैलाई धम्काउँछन,
सरकार मा जान कयौँ को गुण गाउँछन।
संसदिय ब्यबस्था त आफैमा भ्रष्टचारहो,
बिभिन्न बहाना बनाई सान्सद उठाउँछन।
यँहा देश र जनताकै लागि लड्दैन कोई,
आ-आफ्नै स्वार्थ मा अरुलाई पटाउँछन।
हिजो बिस्तारवाद बिरुद्धमा सुराङ्खन्नेले,
आज उनैसँग आफ्नो रोगलाई जचाउँछन।
केभनौ हजूर संसार बुझ्नै नसक्किनेछ यो,
मौका मिले असाय जती सबैलाई दाउँछन।
गरिबलाई त भेडा र बाख्रा जस्तो सम्झिए,
हरेक नेताले गरिबलाई मात्र अल्झाउँछन।
सुरेशकुमार पान्डे (दाङ)