युनिकोड    राशिफल    एफएम रेडियाे                        
232 पटक पढिएको

धनगढी: तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन भारत सरकारसँग माग गरिएको छ। ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय स्वतन्त्रता दिवसका दिन दूतावासलाई ज्ञापनपत्र पठाउँदै धामीको परिवारलाई कम्तिमा एक करोड भारु क्षतिपूर्ति दिन माग गरेको हो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएपछि धामी महाकाली नदीमा खसेको स्थानीयको भनाई रहे्को छ । भारतले भने अहिलेसम्म घटनामा आफ्नो संलग्नता स्वीकार गरेको छैन । मोर्चाले सीमावर्ती नेपाली नागरिकहरूले स्वतन्त्रता र निर्भयतापूर्वक हिँड्न डुल्न नपाउनु सरासर मानव अधिकारको हनन भएको पनि जनाएको छ ।

‘जानीजानी कसैलाई मार्न अगाडि सर्नु जघन्य अपराध हो। यो अपराध एसएसबीबाट भएको छ। धामीको खोजी गर्न महाकाली नदीको पश्चिमी किनारमा ड्रोन उडाउने अनुमति नदिनु भारतको अमानवीयमात्रै होइन साह्रै घिनलाग्दो चरित्र हो’ विज्ञप्तिमा लेखिएको छ,‘यसले भारत आफ्ना छिमेकीमाथि जस्तोसुकै दुर्व्यवहार गर्न पछि पर्दैन भन्ने पुष्टि गरेको छ।’

मोर्चाले धामीको हत्या एसएसबीले गरेको भन्दै सो अपराधका निम्ति सार्वजनिकरूपमा माफी माग्न र उनको परिवारलाई पारदर्शीरूपमा नेपाल सरकारमार्फत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले तुइनको डोरी निकाल्दा ३५ वर्षीय धामी बेपत्ता भएका थिए । उनी भारतीय बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा उक्त घटना भएको हो। नेपाल सरकारको तर्फबाट छानबिन समितिले घटनाको अनुसन्धान गरिरहेको छ ।
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!