
मिन बहादर खड्का/बाजुरा– बिगत केहि दिन यता आएको रेडियो पौरखीका संचालक र रेडियोमा कार्यरत कर्मचारीहरु बिचको कुरालाई लिएर पेशामा संलग्न जिल्लाका केहि पत्रत्रकारहरु बिच भएको बिबाद साम्य भएको छ । रेडियोमा कार्यरत कर्मचारीहरुलाई पुरा तलब नदिएकोमा पाच जना कर्मचारीहरुको संयूक्त हस्ताक्षरित निवेदन अनुसार नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल प्रेस युनियन बाजुराको दवावमा रेडियो संचालक समितिबाट बाँकी रहेको पारिश्रमिक उपलब्ध गराउने निर्णय भए पछि चुलिदै गएको विवादको अन्त्य भएको छ ।
रेडियोमा कार्यरत निज कर्मचारीहरु पुन: स्थापित हुँने वा नहुँने भनने बिषयमा भने संचालक समिति र कर्मचारीहरु विचको आपसी सहमति हुन बाँकी रहेको छ । शनिवार मालिका टुडे अनलाइनबाट प्रकाशित नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपााल प्रेस युनियन जिल्ला कार्य समिति सचिव प्रशान्तराज जोशीले रेडियोमा कार्यरत कर्मचारीहरुलाई असहयोग गरी रेडियो संचालक समितिलाई सहयोग गरेको भन्ने समाचारको खण्डन गर्ने कुरामा सहमति भए पछि नेपाल प्रेस युनियन बाजुरा भित्र चुलिदै गएको विबाद अन्त्य भएको हो ।
त्यस्तै माालिका टुडे अनलाइनमा आएको समाचार प्रति घोर आपत्ति जनाउदै नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल र नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराका सचिव प्रशान्तराज जोशीले निकालेको बिज्ञप्ती अनुसारको लोकतन्त्र बिहानी न्यूज र किानारा न्यूजले प्रकाशन गरेको समाचारको पनि खण्डन गर्ने भन्ने सहमतिमा बिवाद साम्य भएको हो ।
आइतबारु नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दयाराम पण्डित र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाजुराका पदाधिकारी तथा सदस्यहरु बसेर संगठनमा एक अर्का प्रति कुँनै पनि तिक्तता नरहेकोले पेशागत हक,हित र अधिकारका लागि एक भएर जाने सहमति भएको छ ।
आगामी दिनहरुमा कुनै पनि ब्यक्ती वा संस्था प्रति आँच आँउने र चरित्र हत्या हुने जस्ता कपोकल्पित समाचारहरु प्रकाशन तथा प्रसारण नगर्ने बिषयमा सहमति भएको छ । यसरी कुनै पनि मिडिया मुख दर्शन गरेर पेशामा आँच आँउने खालका समाचारहरु कपोकल्पित रुपमा प्रकाशन वा प्रसारण भएमा सम्बन्धीत निकायमा कानूनी उपचारमा जाने समयत कुराको समेत सहमति भएको छ ।
समाचार लेखन तथा प्रकाशनमा कोही कसैको ब्यक्तिगत रिसिइवीमा नभई तथ्य परक समाचार लेख्न र प्रकाशन गर्न पनि प्रेस युनियन बाजुराको आईतबार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ ।
बिज्ञप्ती यस्ताे रहेकाे छ