
राम बहादुर दाानी/बाजुरा– लोक कल्याणकारी बिज्ञापन प्रकाशन तथा प्रसारणा गर्ने सम्बन्धी जिल्ला हुलाक कार्यालयले एक अनुगमन तथा सिफारिस समिति गठन गरेको छ ।
जिल्ला हुलाक कार्यालय बाजुराका कर्यालय प्रमुख जंगबिर सुनारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिज्ञापन प्रकाशन सम्बन्धि मापदण्डको दफा २१ वमोजिम जिल्ला स्तरिय अनुगमन तथा मापन समिति गठन भएको हो ।
बाजुरा जिल्ला स्थित वर्गिकरणमा परेका संचार माद्यामहरुलाई लोक कल्यााणकारी विज्ञापन प्रकाशन सम्बन्धी २०७८ अनुसारका प्रमाणपत्र लगायतका कागजात सहित सम्पर्क गर्ने गराउने समेत सोमबार बसेकको बैठकले निर्णय पारित गरेको छ । जिल्ला हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख सुनारको संयोजकत्वमा ५ सदस्यिय समिति गठन भएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्लले जानकारी दिए ।
यस्ता जिल्लामा संचालित बर्गिकृत संचार मिडियाहरुले बिज्ञापन प्रकाशन सम्बन्धी मापदण्ड २०७८ अनुसार का कागजात र प्रमाण पत्र सहित सम्बन्धीत संचार माद्यामले जिल्ला हुलाक कार्यालय बाजुरामा सम्पर्क र समन्वय गर्न अनुरोध गरेको छ । बैठकले जिल्ला स्तरिय अनुगमन तथा सिफारिस समितिको नियमित प्रत्येक महिनामा छापा माद्यामले भुक्तानी गर्न समितिको निर्णय भई दिनु पर्ने भएकोले सो बैठक बिदा वा शनिवार परेको खण्डमा अर्को दिन बस्ने सोमबार बसेको बैटकले निर्णय गरेको हो ।
जिल्ला स्तरका संचार मिडियाहरुका प्रमाण पत्रहरुको रेखदेख जिल्ला हुलाक ककार्यालय बाजुराले नै गर्ने भएको छ। आइतबार जिल्ला हुलाक कार्यालय बाजुरामा बसेको बैठकमा जिल्ला हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख जंगबिर सुनार, जिल्ला प्रशासन कार्यालय बाजुराका नायव सुब्बा राम कुमार चौधरी, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल लगायत जिल्ला हुलक कार्यालय बाजुराका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
निर्णयहरू यस्ता रहेका छन ।