युनिकोड    राशिफल    एफएम रेडियाे                        
102 पटक पढिएको

काठमाडौं : जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेट्न ठाकुरको नेतृत्वमा अनिल झा, राजेन्द्र महत्तो, शरतसिंह भण्डारी पुगेका थिए ।

भेटमा प्रधानमन्त्रीसँग विगतको सरकारसँग भएका सहमति कार्यान्वयन, मन्त्रिपरिषद् विस्तारमा ढिलाई, नागरिकता विधेयक र राजनीतिक दल सम्बन्धी अध्यादेशको बारेमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ। उनीहरुले यो सरकारलाई आफूहरुले पनि समर्थन गरेकोले मधेशका माग र मुद्दाको सम्बोधन हुनुपर्ने बताएका छन् । संसद अधिवशेन अन्त्य भएकाले सरकार अब कसरी अगाडि बढ्छ भनेर चासो राखेका छन् । संसद अधिवेशन सोमबार रातिबाट अन्त्य भएको छ। जवाफमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिएर बाँकी काम टुंगो लगाउने बताएका छन् ।

निर्वाचन आयोगको इजलासले जसपाका अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका कार्यकारिणी सदस्यलाई आयोगमा बोलाएर सनाखत गराउँदा यादव पक्षमा बहुमत देखिएकाले उनैलाई आधिकारिकता दिएको थियो ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका थिए। पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरे। हाल जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसेका थिए। यादव पक्षले ठाकुर पक्षका केन्द्रिय सदस्यलाई कार्यकारिणी सदस्यबाट हटाएको छ ।

अन्नपुर्ण पाेष्टबाट  साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!