देवराज पाध्बायाय/बाजुरा– एचआरसी बाजुराले सिमान्तकृत समुदायलाई कोरोना भाइरसबाट बचाउनका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रको पर्दामा रहेर काम गर्ने जिल्ला अस्पताल बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा र शसस्त्र प्रहरी बल बाजुरालाई एचआरसी बाजुराले स्वास्थ्य सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक अग्नीराज शाहीले बताएका छन् ।
उनका अनुसार कोरोना महामारीको तेस्रो लहरलाई मध्यनजर गर्दै जिल्ला अस्पताल बाजुरालाई १ सय ५० पिस एन नाइन्टीफाइभ मास्क,२० प्याकेट सर्जिकल मास्क, १ सय पिस सेनिटाइजर,१० प्याक ग्लोब्स, ५० पिस फेस सिल्ड, २० वटा पिपिई सेट, ५ सेट गम बुट, ५ ओटा अक्सिजन सिलिण्डर, २० पिस पल्स अक्सिमिटरर १ आइशोलेशन टेन्ट गरी ३ लाख ५० हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरिएको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुरालाइ एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी ४८ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री र शसस्त्र प्रहरी बल बाजुरालाई एन नाइन्टीफाइभ मास्क,सर्जिकल मास्क, सेनिटाइजर, ग्लोब्स, फेस सिल्ड, पिपिई सेट, गम बुट,पल्स अक्सिमिटर लगायत गरी २२ हजार बराबरको स्वास्थ्य तथा सुरक्षा सामाग्री सहयोग गरिएको बताइएको छ ।

सो सुरक्षा सामाग्री मंगलबार दिउसो प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अस्पताल बाजुराका प्रमुख प्रकाशराज जोशी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजीत महरा, शसस्त्र प्रहरी बल बाजुराका प्रमुख दिपक विष्टलाई हस्तानतरण गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट कोरोना महामारीलाई नियन्त्रण गर्न लागिपर्न आग्रह समेत गरेका छन् ।











