काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुन:नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि बुधबार(आज) पेसी तोकिएको छ ।
आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दायर गरेका थिए। आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । शाक्यलाई सचिवसरहको सेवा–सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइएको छ ।
दिनेश खबरबाट साभार