
मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले एक प्रेस बिज्ञप्ति मार्फत भ्रमाक वा बनावटी समाचार प्रकाशन गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण रहेको जनाएको छ ।
बुधबार बसेको जिल्ला कार्य समितिको बैठकले ले पछिल्लो समयमा सामाजिक संजालमा नेपाली केन्द्रिय सदस्य बद्री पाण्डेको भ्रमात्मक र बनावटी समाचार प्रकाशित गरेकोले सो बिषय प्रति जिल्ला कार्य समितिको गम्भीर ध्यानाकर्षण रहेकोले प्रेस बिज्ञप्ति जारी गरेको बताइएको छ ।
यस्ता भ्रमात्मक र बनावटी समाचार प्रकाशित नगर्न जिल्ला कार्यसमिति अनुरोध गर्दछ । संबद्ध ब्यक्ति अथवा बिषयको वारेमा समाचार लेखाउदा वा लेख्दा सम्बन्धित ब्यक्तिलाई सम्पर्क गरेर वा सो बिषयको आधिकारिक जानकारी लिएर मात्र समाचार प्रकाशित गर्न जिल्ला कार्य समिति बाजुरा सम्बन्धित सबैलाई जानकारी गराउदछौ । यसमा हाम्रो घोर आपत्ति रहेको छ प्रेस बिज्ञप्तीमा भनिएको छ ।
बाजुरा एक जिम्मेवार नेता राजनैतिक छबि भएका नेपाली कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डेको चरित्र हत्या हुने गरी दुधकोशी गाउँपालिकाको नल्क्कली छाप हानेको भन्ने आरोप झुट तथा कपोकल्पित भएकोले जिल्ला कार्य समिति स्पष्ट गर्दछ ।
केन्द्रिय कार्यालयमा पेश भएको समायोजन सम्बन्धमा उक्त कागज पत्रमा छाप हान्ने गलत तथा अपराधिक क्रियाकलापमा संग्लन जोकोहिको पनि छानबिन र पहिचान गरी कारवाही गर्न जिल्ला कार्य समिति बाजुरा प्रतिबद्ध रहेकाे काँग्रेस बाजुराकाे बिज्ञप्तीमा भनिएकाे छ ।
यस्तो छ बिज्ञप्ति