
बाजुरा— जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने जगनाथ गाँउपालिकामा सडक माथिबाट पहिरो जाँदा मिनि ट्रक पुरिएको छ । जगन्नाथ गाँपालिकामा ०५ रिठामा सडक माथिबाट पहिरो खस्दा ट्रक पुरिएको हो । कर्णाली प्रदेश ०१ ख २३६ नम्बर ट्रक माथि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रक पुरिएको र मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
वडीमालिका अनलाइन खबरबाट साभार