
मिन बहादुर खड्का/बाजुरा– धार्मिक दृष्ठिकोणले पर्यटकिय सम्भावना बोकेका प्रसिद्ध धार्मिक स्थलका रुपमा रहेका चार वटा धार्मिक स्थल बडीमालिका, बुदिनन्दा, दुनलेख र बडालेख मन्दिरमा हरेक बर्ष श्रावण श्क्ल पक्षको दिन पुजा आजा संगै मेला लाग्ने गरेको छ । यि चार वटै प्रसिद्ध धार्मिक स्थलमा यो बर्ष पनि पुजा आजा संगै मेला सम्पन्न भएको छ ।
बिकट अनि पिछडिएको भनेर चिनिने बाजुरा जिल्ला प्राकृतिक सौन्र्दयताले आफैमा भरीपुर्ण छ । प्राकृतिक सौन्र्दयताको खानि बाजुरा जिल्लामा पर्यटकिय सम्भावना बोकेका थुप्रै ठाँउहरू छन । धार्मिक एवम पर्यटकिय दृष्ठिकोणले पर्यटकिय गन्तव्यका रुपमा हेर्न सकिने धेरै एतिहासिक ठाँउहरु रहेका छन । बषेनि पुजा आजा संगै मेला लाग्ने यि चार वटा धार्मिक स्थलमा हजारौ श्रदालु भक्तजनहरु आउने गर्दछन । प्रसिद्ध धार्मिक स्थलका नामले परिचित बडीमालिका मन्दिर रहेको छ । सो बडीमालिका पुगेर बडीमालिका माताको दर्शन गरेपछी मनले सोचेको पुरा हुन्छ भन्ने धार्मिक बिश्वास रहेको छ । सो सुन्दर बडीमालिका मन्दिरमा बर्षेनी जिल्ला भित्रका मात्र नभई जिल्ला बाहिरबाट देश बिदेशबाट श्रदालु भक्तजनहरु आउने गर्दछन ।
सोहि अनुसारको धार्मिक बिश्वास रहेको धार्मिक दृष्ठिकोणले पर्यटकिय सम्भावना बोकेको अर्को प्रसिद्ध धार्मिक स्थल हो बडालेख ।खप्तड छेडेदह गाँउपालिकाको वडा न. ७ मा अवस्थित साे बडालेख मन्दिर प्राकृतिक सुन्र्दरताले सो मन्दिर पनि आफैमा भरिपुर्ण छ । सो मन्दिरको आसपासको सौन्दर्यता हेर्ने हो भने जो कोहिको पनि मन लोभिने देखिन्छ । खप्तड छेडेदह गाँउपालिकाको वडा न. ७ को वडा कार्यालयबाट करिव साढे ३ घण्टाको उकालो बाटो पेदल यात्रा हिदेर सो सुन्दर बडालेख मन्दिरमा पुगिन्छ । श्रदालु भक्तजनहरुलाई तेहा पुग्न सोचेजति सजिलो भने छैन । उकालो अप्ठयारो संगै चिप्लो बाटो छ । उकालो बाटो हिडेर जतिमाथि पुग्दै गयो तेति नै चिसो अनि सेरेठो बढ्ढै जान्छ । करिव २ घण्टाको पैदल यात्रा गरेर माथि पुग्दै गयो भने हरयिा घाँसे मेला, बिभिन्न प्रकारका चरा चरुङ्गीको चिरबिर आवाज, बिभिन्न प्रजातिका फुलहरु देख्न सकिन्छ । बाटोमा हिड्दै गर्दा देखिने मनोरम दृश्यहरुले जति थकाई लागेपनि थकान महसुस नहुने श्रदालु भक्तजनहरु बताउन्छन । जति रमणिय ठाँउ छ तेतिकै हिड्ने सहज बाटो नभएको श्रदालु भक्ततजनहरुले गुनासो गर्ने गरेका छन ।
जताततै घासे मैदान र मन्दिर आसपासको क्षत्रमा घनघोर जंगल रहेको सो प्रसिद्ध धार्मिक स्थलमा पाटन,बिभिन्न ,प्रजातिका चरा, फुल, जनावर, जडिबुट्टी पाइने गरेको एक स्थानिय प्रेम ओलि बताउन्छन । उनका अनुसार सो प्रसिद्ध धमिक स्थलमा १३ वटा पाटन, तवा फुल पाति फुल, हजारे फुल, गरी करिव १५० प्रजातिका फुलहरु, बाघ घोरल, भालु, रतुवा कस्तुरी मिर्ग जस्ता थुप्रै प्रजातिका जंगलि जनावर, त्यसै गरी बिभिन्न किसिमका जडिबुट्टी र फरक फरक प्रजातिका चराहररु पाइन्छन । हरेक बर्ष करिव ६ देखि ७ सय जना श्रदालु भक्तजनहरु आउने गर्छन । यो बडालेखमा पुगेर भगवती माइको दर्शन गरेमा मनले सोचेको पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ । हरेक बर्ष श्रदालु भक्तजनहरु जिल्ला बाहिरबाट पनि आउने गरेका छन ।यो ठाँउको प्रचार प्रसार र प्रर्वद्धनका लागि स्थानियहरु हामि लागि परेका छौ । पहिलाको तुलनामा यो ठाँउको भौतिक पुरवाृधार निमार्ण अन्तृगत बाटो, मन्दिर निमार्ण भइसकेको छ उनले भने ।
उक्त बडालेख मन्दिरको प्रचार प्रसार र प्रबद्धनका लागि वडा, गाँउपालिका, प्रदेश संघ देखि लियर पर्यटन मन्त्रालय सम्म पहल भइरहेको खप्तड छेडेदह गाँउपालिका वडा न. ७ का वडा सदस्य रण बहादुर ओलीले बताएका छन । हामिले यो क्षत्रलाई पर्यटकिय गन्तव्यका रुपमा हेरिरहेका छौ । यसको प्रचार प्रसार र यहाको भौतिक पुर्वाधार निर्माणका लागि निरन्तर पहल गरिरहेका छौ । यहाँ सम्म दर्शन गर्न आउने श्रदालु भक्तजनहरुका लागि सहज बाटो समेत निर्माण गर्न सकेका छैनौ । बिस्तारै आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाइ भित्तयाउने लक्ष रहेको छ । बाहिरबाट आउने पर्यटकहरुका लागि अब लगत्तै खान बस्नको ब्यवस्था गरिने छ । बिचबिचमा बिश्राम स्थल शौचालय र बाटो निर्माण गर्ने योजना छ सदस्य ओलिले बताए ।
सो बडालेख क्षत्रको संरक्षण र प्रवद्धनका लागि संरक्षण समिति गठन गरिएको छ । सो प्रसिद्ध धार्मिक स्थलको प्रचार प्रसार र प्रर्वद्धनमा जोड दिएमा यसलाई छोटो समय अवधिमै पर्यटकिय स्थलका रुपमा स्थासपित गर्न सकिने र उक्त बडालेख क्षत्रको प्रर्वद्धनका लागि आफु जिवन्त लागि पर्ने सदस्य ओलिको भनाई रहेको छ ।