बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराको बैठक मार्तडीमा सम्पन्न भएको छ । जिल्ला कमिटीको बैठक आईतबार मार्तडीको अपि होटेलमा बसेको हो । दुई दिन सम्म बसेको पार्टीको पूर्ण बैठकमा दुई जना सचिवको टुँगो नलाग्दा अध्यक्ष काली बहादुर शाहीले कार्यक्रम चलाएका थिए ।
नेकपा एमाले जिल्ला कमिटी सचिव बलदेब रेग्मी हुँदाहुँदै नेकपा माओबादी केन्द्रका सचिवलाई मनोनित गरेर दुई जना सचिव पार्टीले पाएसँगै यसो गरिएको एक जिल्ला कमिटी सदस्यले बताए ।
नेकपा एमाले विभाजन भएयता पहिलो पटक बसेको नेकपा एमालेको बैठकमा पूर्ववत एमाले फर्केको हो भने मैले सचिवको हैसियतमा कार्यक्रम चलाउने हो । हामी विधिको कुरा गर्छाै । विधि मिचेर जानेकुरामा म सहमत छैन् सचिव वलदेव रेग्मीको भनाई बाहिर आएको छ ।
उता नेकपा माओवादी केन्द्र बाजुरा जिल्ला कमिटीका सचिव भरत बुढालाई पनि एमालेमा प्रवेश गराएसँगै आफूलाई सचिवकै हसियतमा राखिने आश्वासन एमाले पक्षले देखाएको हो अहिले आएर आनाकानी स्वीकार्य नहुने उहाँको भनाई उदृद्ध गर्दै बैठकबाट बाहिरिएका एक जिल्ला कमिटी सदस्यले बताएका छन् ।
यसरी सचिवको टुँगो नलागेपछि विवाद समाधानका लागि केन्द्रमा नाम पठाउने त्यहाँबाट जसको नाम आयो उसैलाई सचिव बनाउने उहाँको भनाई थियो ।
नागरिक रैबारबाट साभार
88 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs