युनिकोड    राशिफल    एफएम रेडियाे                        
146 पटक पढिएको

बाजुरा– भाद्र जनैपुर्णिमाको दिन लाग्ने बाजुरा जिल्लका बडीमालिका, नाटेश्वरी,  बुढीनन्दा, सुनन्दा,  त्रिवेणी, जाल्पा देबि, नाटेश्वरी  र बड्डालेख लगायत शक्तीपिठहरुमा पुजाआजा समपन्न भएके छ । जिल्लाभरका शक्तिपिठमा पुजाआजा गरिएसंगै सबै ठाँउमा दर्शनार्थीहरुको घुँइचो लागेको छ ।
जिल्लाको त्रिवेणी नगरपालिका–७ मा पर्ने नाटेश्वरी मन्दिरमा आइतबार विहानबाट नै भक्तजनहरुको घुईचो लागेको थियो । त्यस्तै जिल्लाको त्रिवेणी र बडीमालिका नगरपालिकाको उद्गम बिन्दुमा रहेको बडीमालिका माताको पनि पुजाआजा सम्पन्न भएको छ ।

बडीमालिकाको दर्शन पछि जनैपूर्णिमा दिन लाग्ने मेलामा दर्शनार्थीहरुको भीड लागेको बताइएको छ । आइतबार बिहान देखि नै बडीमालिकाको दर्शन गरेर फर्किएका दर्शनार्थी र जिल्लाका विभिन्न गाउँबाट गएका दर्शनार्थीहरुको नाटेश्वरी माताको दर्शन गर्न लाइन लागेका छन् ।
दोस्रो शक्ति पीठमा रुपमा मानिएको धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीमा रक्षा बाँध्ने, बोकाहरुको वली दिने प्रचलन रही आएको छ । शक्ति पीठका रुपमा रहेका नाटेश्वरीमा माताको दर्शनका साथै कालिका भगवतीमा समेत बोकाको बली दिने प्रचलन कायमै रहेको स्थानीय भानुभक्त पाध्यायले बताएका छन् ।
बडीमालिका दर्शन गरेर फर्किएकाहरुले चतुर्दशीका दिन रातभरी देउडा खेल्ने मागल गाउने गर्छन् । मानोकांक्षा पुरा हुने र बडीमालिकाको दर्शनपछि वली दिनु पर्ने प्रचलन गरेकाले सो कार्य गरे हिन्दु परम्परा अनुसारको कर्मकाण्ड पुरा हुने गरेको जन विश्वास रही आएको छ ।

वरिपरी घना जंगलको बीचमा रहेको नाटेश्वरी मन्दिरमा हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गरेको नेपाल पुजारी समेत रहेका पाध्यायले बताए ।
उनका अनुसार नाटेश्वरी मातालाई बोकाको बली चढाउदा मनको इच्छा पुरा हुने र नि:सन्तान भएकालाई सन्तानको वर दिने जस्ता धार्मिक विश्वास रही आएकाले बडीमालिका पुजाको पछिल्लो दिन नाटेश्वरीमा पुजा लाग्ने गरेको अध्यक्ष पाध्यायले बताए ।
नाटेश्वरीमा मेला तथा पुजा लागेसंगै बडीमालिकाको यो वर्षको यात्रा सकिने भएको छ । बडीमालिकाको दर्शनका लागि काठमाण्डौ,दैलेख,जाजरकोट, पुर्वी जिल्ला र पश्चिमी जिल्लाका अधिकांश भक्तालुहरु दर्शन गर्न आउने गरेका छन् ।

बडीमालिकामा बाजुरा,डोटी,अछाम,जुम्ला,कालिकोट लगायतका जिल्लाको सरकारी पुजा लाग्ने गर्छ । हरेक वर्ष चतुर्दशीकादिनमा लाग्ने मेलामा माताले मनोकांक्षा पुरा गर्ने र सन्तान नभएकालाई सन्तान दिने विश्वास रहेकाले बडीमालिकाको पुजा लाग्ने गरेको हो ।
जनैपुर्णिमाका दिन आइतबार बाजुरा जिल्लाभरका सबै शक्तिपिठहरुमा पुजाआरधना संगै मेला लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!