बाजुरा– जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं. ६ को जंगलमा चितुवा वेवारिसे मृत अवस्थामा फेला परेको छ । आइतवार राति मृत अवस्थामा सो ठाँउका स्थानियहरुले फेला पारेर जिल्ला वन कार्यालयमा जानकारी दिएका थिए ।
उमेरले बृद्व अवस्थामा रहेको उक्त चितुवा बिष सेवन गरेर मरेको जानकारी आएको छ । आइतवार राती नै सो चितुवा जिल्ला वन कार्यालय बाजुरामा ल्याइसकेको र पोष्टमाटम भैसकेको जिल्ला वन कार्यालय बाजुराका जिल्ला वन अधिकृत कालिराम चौधरीले लोकतन्त्र बिहानी न्यूजलाई जानकारी दिए ।
उक्त चितुवालाई बाहिरबाट सामान्य रुपमा हेर्दा बिस खाएर मरेको हुन सक्ने आशंका गरिएको थियो । मृत चितुवाको जिल्ला पशुसेवा कार्यालयमा पोष्टमाटम गरेर चितुवा बिष सेवन गरेर मरेको जिल्ला पशुसेवा कार्यालय बाजुराका डाक्टर विकल गौतमले जानकारी दिए । चितुवाको नाकबाट रगत बगेको र आन्द्रामाा समेत केही घाउहरु देखिएको डाक्टर गौतमले बताए । मृत चितुवाकाे स्कइभेटर प्रयाेग गरेर शव व्यवस्थापन भैसकेकाे गाैतमले जानकारी दिए ।