
शुक्रराज बोहरा– नेपाली काँग्रेसको नयाँ क्रियाशिल सदस्यता र पुराना नविकरण क्रियाशिल फाराम दर्ताका विषयमा बिवाद नभएको बताएको छ । काँग्रेस बाजुराले उक्त बिषयमा कुनै बिवाद नभएको तर संचार माद्यामले भ्रमात्मक समाचार सम्प्रेषण गरेको प्रेस विज्ञप्ती मार्फत ठहर गरेको छ ।
नेपाली काँग्रेसको विधान र पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यस जिल्लामा पार्टीको नयाँ क्रियाशिल सदस्यता र पुराना नविकरण क्रियाशिल फाराम दर्ताका विषयमा त्रिवेणी नगरपालिकाको नगर कार्य समितिमा आएको सामान्य विवादलाई लिएर सिङ्गो बाजुरा जिल्लाको पार्टीलाई समेत असर पर्ने गरी संचार माध्याम र पत्र पत्रिकामा समेत पार्टीको निर्णय विपरीत समाचार सम्प्रेषण प्रति नेपाली काँग्रेस बाजुराको गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेकबहादुर रोकायाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।
साथै यस्ता गलत एवम भ्रमात्मक समाचार सम्प्रेषण गर्न पार्टीकाे निर्देशन र आधिकारीक सुचना अनुसार मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गदै अगामी दिनहरुमा यस्ता गलत र तथ्यहिन समाचार सम्प्रेषण नगरी दिन हुन पनि नेपाली काँग्रेस बाजुराले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ ।