काठमाडौ– प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् । नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका सो पार्टीका नेता मेटमणी चौधरीले जानकारी दिए । यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्। सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह र महन्थ ठाकुर समूह नयाँ पार्टी दर्ता गर्न गएका थिए ।
आजको कान्तिपुरबाट साभार