
बाजुरा– नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य विनोद गिरीको सम्झनामा नेपाली काँग्रेस बाजुराले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । बुधबार स्व. गिरीको १३ औँ दिने पण्य तिथिको अवसर पारी नेपाली काँग्रेस बाजुराले कोल्टी र जिल्ला सदरमुकाम मार्तडीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।नेपाली काँग्रेस बाजुराका सक्रिय युवा नेता विनोद गिरीको निधनपछि आकस्मिक रुपमा बसेको नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले कोल्टीमा बृहत श्रद्धाञ्जली सभा आयोजना गर्ने तालिका तय गरेपनि केही नेता तथा कार्यकर्ता मौसम खराबीका कारण कोल्टीमा उपस्थित हुन नसकेको नेपाली काँग्रेस बाजुराका कार्यालय सचिव टेक बहादुर रोकायाले जानकारी दिए ।
बाजुराको कोल्टीमा श्रद्धाञ्जली सभाको आयोजना गरी व. विनोद गिरीको फोटोमा माल्यापर्ण गरी अन्तिम श्रद्धाञ्जली दिइएको छ भने जिल्ला सदरमुकाम मार्तडीमा रहेको नेपाली काँग्रेस बाजुराको पार्टी कार्यालयमा पनि सदरमुकाम मार्तडीमा उपलब्ध नेता तथा कार्यकर्ताले स्व. विनोद गिरीको फोटोमा माल्यापर्ण गरी अन्तिम श्रद्धाञ्जली दिएका छन् ।
पार्टीका हरेक क्रियाकलापमा सक्रिय युवा नेता विनोद कुमारी गिरीको अल्पायुमै अकस्मात भएको निधनले नेपाली काँग्रेसमा अपुरणीय क्षती भएको भन्दै नेपाली काँग्रेस बाजुराले दु:ख व्यक्त गरेको छ । स्व. गिरीको सम्झनामा कोल्टीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी,पुर्व पार्टी सभापती मान बहादुर रावल, बरिष्ठ नेता रामसिंह रावल,महासममिति सदस्य तथा महिला संघका केन्द्रिय सदस्य जुना दानी, नेपाली काँग्रेस बाजुराका कोषध्यक्ष नारायण पाध्याय, बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, युवा नेता तिलकराज पुरी लगायतको सहभागिता रहेको थियो भने जिल्ला सदरमुकाम मार्तडीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा संगठन विभाग प्रमुख धनराज पण्डित,जिल्ला कार्य समिति सदस्य कविता बिष्ट,महिला संघ बाजुराका अध्यक्ष अमृता सिंह, सचिव सुभद्रा पाण्डेय, महिला संघ बाजुराका सत्य रोकाया,तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया, सदस्य कमल रावल,नेविसंघ उपाध्यक्ष जनक थापा, नेपाली काँग्रेस गौमुल गाउँकार्यसमितिका सभापती देव बहादुर रोकाया, कार्यालय सचिव टेक बहादुर रोकाया लगायतको सहभागिता रहेको थियो ।
नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डित, पुर्व सभापती देवराज जोशी, पुर्व संविधान सभा सदस्य महा नेपाली पनि कोल्टीमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा उपस्थित हुने भनिएपनि मौसम खराबीका कारण धनगढीबाट आउन नसकिएको बताइएको छ ।
किनारा न्युजबाट साभार