
दयारम पण्डित– कोरोना कहर बाजुरामा पनि दिन प्रतिदिन बढिरहेको बेला गामिण क्षेत्रमा प्रहरी सेवा प्रभावकारी तथा प्रहरी गतिविधीलाई सुचना तथा प्रविधी मैत्री वनाउन कम्प्युटर अनुदान सहयोग गरिएको छ। शुक्रवार दिउसो एक कार्यक्रमका वीच मानवीय सेवामा अनेकांै प्रयास (साइन नेपाल) नामक एक गैरसरकारी संस्थाले एक एकथान कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको हो ।
साइन नेपालका अध्यक्ष एबँ सामाजिक अभियान्ता भक्तराज जोशीले बाजुरा जिल्लाका आठवटा प्रहरी ईलाका तथा चौकीलाई एक–एक थान कम्प्युटर र एक–एक सेट प्रिन्ट वितरण गर्नुभएको हो । बाजुराको भौगालिक विकटता त छदैछ, नेपाल प्रहरीको शान्ति शुरक्षामा सदैब उल्लेखनीय भुमिका रहि आएको छ । यद्येपी यो कोरोना संक्रमणको विशम् परिस्थितिमा सूचना प्रणालीलाई ब्यबस्थितगर्न र प्रहरीलाई प्रविधी मैत्री बनाउन कम्प्युटर लगायतका उपपकरण अनुदान स्वरुप हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले बताउनु भएको छ ।
ग्रामिण क्षेत्रका ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकी गरी आठ ओटालाई एक एक थान कम्प्युटर हस्तान्तरण गरेको प्रहरी नायब उपरिक्षक मदनजित महराले बताउनुु भयो । “समुदाय साँझेदारी कार्यक्रम”अन्तरगतउ क्त कम्प्युटर प्राप्त भएका छन् । कागज मै लेखेर सूचना आदान प्रदान गरीरहेको थियौं । कम्प्युटर प्राप्त भए पछि कम्प्युटर जडान संगै तत्काल ईन्टरनेट सेवा पनि जडान गरीने छ । प्रविधीको प्रयोगले स्थानीय निकायमा हुने घटना विवरण पनि छिटो छरिटो आदान प्रदान गर्न सकिनेछ । जिल्ला प्रहरी प्रमुख महराले जानकारी दिनु भयो ।
जिल्ला भरिका आठ वटा प्रहरी इलाका बार्जुगाड, स्वामिकात्र्तिक , जुड्डी, बडीमालिका , डोगडी, मौरे , टाँटे र कुन्डाप्रहरी इलाकाहरुलाई एक–एक थान कम्प्युटर र प्रिन्टर सेट हस्तान्त्रण गरिएको हो । प्रहरी इलाकाहरुमा शान्ति सुरक्षा कायम गर्न स्थायी रुपमा केही मात्रामा भए पनि सहज तरिकाले डकुुमेन्टसन र डाटा सुरक्षित एवम् छिटो छरितो रुपमा काममा टेवा पुग्ने उद्देश्यका साथ सो सामग्री हस्तान्त्रण गरिएको अध्यक्ष एवम् सामाजिक अभियान्ता जोशीले हस्तन्तरण कार्यक्रममा बताउनुु भयो ।
विज्ञान र प्रविधिको युगमा प्रहरी प्रसाशनको गर्ने कामलाई छिटो तथा सुलभ रुपमा जनता सामु पुगोस् र “प्रहरी मेरो साथी” भन्ने भनाइलाई सार्थक बनाउने पनि लक्ष्य राखेको जोशीले बताउनुु भयो । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्ट , प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्ल लयागत अन्य कार्यलय प्रमुख तथा प्रतिनिधीको उपसिथतीमा उपकरणहरु हस्तान्तरण गरिएका हुन् ।
साईन नेपालले बाजुराको बुढिगंगा नगरपालिका र बडीमालिका नगरपालिकामा विगत देखि काम गर्दै आएको छ । शिक्षा स्वास्थ्य ,कृषि सिपमुलक तथा आय आर्जन लगायत दैवि प्रकोपमा यो संस्थाले सहयोग गर्दै आएको उप–प्रमुख विष्टले बताउनु भयो । यसअघि बडिमालिकाका ३१९ बाढी पिडत परिवारलाई खाद्यन्न लगायत भाँडाकुँडी र कपडा वितरण गरेको थियो । अम्कोटका १२० पहिरो पिडित परिवारलाई खाद्यन्न लगायत कपडा वितरण गरेको थियो । त्यस्तै बुढिगंगा १० सेलापाखाका ४०० बालबालिकालाई साबुन तथा सयाम्फुु लगायतका सरसफाई सामाग्री र जाल्पा मा.वि . खेतीपातलाई पाँच कम्प्युटर सहित तिन सय पचास विद्यार्थीलाई साबुन तथा स्याम्फुु लगायत छाउपडी कुपर्था बिरुद्ध स्वच्छता सामाग्री पनि राहात स्वरुप वितरण गरेको संस्थाका अध्यक्ष जोशीले बताउनु भयो । सो संस्थाले नेपाल पत्रकार महाँसँघ बाजुरा शाखाका नवनिर्वा चित अध्यक्ष छक्क बहादुर मल्ल लगायत पदाधिकारीलाई खादा , डायरी र कलम उपहार दिएर सम्मान गरेको थियो ।