काठमाडौं–प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला परेका हुन ।
कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव भेटिएको उनले बताए ।
घरमा उनी पत्नीको साथमा बस्ने गरेका थिए । प्रहरीले अहिले घटनास्थलमा पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ ।
दिनेश खबरबाट साभार