काठमाण्डाै– एमालेका ‘तेस्रो धार’ का नेताहरु मंगलबार ललितपुर स्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएर एकताको सन्देश दिएका छन्। विगतमा माधव नेपाल निकट रहेका तर पार्टी विभाजनमा नगएका एमालेका ‘तेस्रो धार’ का नेताहरु स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्। पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न एमालेका नेताहरु सहमत भएको छ ।
मध्यमार्गी नेता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहोरा एमालेमा आएर नेपाललाई साथ नदिएपछि दक्षिणपन्थीको आरोप लगाएका हुन् ।
आजको अन्नपुर्ण पोष्टबाट साभार