
बाजरा– जिल्लाको सदरमुकाम मै रहेको बडिमालिका नगरपालिकाले शनिवार बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनावाई कार्यक्रम सम्पन गरेको छ । आर्थिक बर्ष २०७७/०७८मा भए गरेका कामहरुको सम्पादन तथा प्रभावकारिताको बारेमा सार्वजनिक सुनुवाईबाट प्रष्ट पारिएको बडिमालिका नगरपालिकाले जनाएको छ । शनिबार बडिमालिका नगरपालिकाको सभाहलमा संचालन गरिएको सार्वजनिक सुनावाई कार्यक्रममा नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८ मा गरिएका योजनाहरुको कार्यान्वयन, जनताहरुले पाउने सेवा सुबिधा प्रदान गरी पादर्शिता सुनिश्चित भए नभएको कुरालाई आत्मसाथ गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाका ९ ओटै वडाको बार्षिक प्रगती समिक्षा तथा सार्वजनिकक सुनुवाई कार्यक्रम गरिसकेपछि अहिले नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेका हो । नगरपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनवाई कार्यक्रममा प्रतिवेदन प्रस्तुत गदै भने बडिमालिका नगरपालिकाले आर्थिक बर्ष ०७७/०७८मा वडा नं ८ र ९ कृषक पाठशाला संचालन गरी ५० कृषक लाभाम्वित भएका छन् भने वडा नं ३ रजाली तरकारी पकेटका रुपमा विकास गरि वडा नं ६ को चोसेकोटलाई आलु पकेटका रुपमा विकास गरि मुख्य उपलब्धीका रुपमा लिएको छ ।
नगरपालिकाले ९ ओटै वडाका १सय २७ परिवारलाई १७ लाखका फलफुलका बिरुवा वितरण गरी फलफुलमा आत्मनिर्भर बनेका छन् । त्यस्तै कृषकलाई प्रोत्साहन गर्नका लागी तरकारी बिउ तथा टनेलमा ८० प्रतिशत अनुदान दिई २३परिवार लाभाम्वित भएका छन् भने वडा नं ७का ४३ कृषकलाई दाँते ओखर , मेलमा कलमी र टिमुरका बिरुवा ८० प्रतिशत अनुदान दिएको बडिमालिका नगरपालिकाको बार्षिक प्रगती समिक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । कृषकको कर्षी उपज बजारीकरणका गर्नका लागि ७० ओटा क्रेट वितरण र बैदेशिक रोजगारीबाट फर्केका ३६ जनालाई तरकारी उत्पादनमा आत्मनिर्भर बनाई यसलाई नगरपालिकाले मुख्य उपलब्धीको रुपमा लिएको छ । त्यसैगरी स्वास्थ्य, शिक्षा कृर्षी तथा पर्यटन लगाएत अन्य क्षेत्रहरुलाईं प्राथमिकतामा समेटी यसलाई प्रगती र विकास गदै यसलाई विकासको रुपमा नगरपालिकाले लिएको छ ।
बडिमलिका नगरपालिका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । भने कार्यक्रमका विशिष्ट अथिति उपप्रमुख कविता, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेका थिए । त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस बडिमालिका नगरपालिकाका नगरसभापती धनलाल पाध्याय , संघिय समाजवादी पाटी बाजुराका प्रमुख टेक बहादुर बडुवाल ९ ओटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएत सरोकारवाला तथा जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो । उप–प्रमुख कविता विष्टले स्वागत मन्तब्य राख्नु भएको सार्वजनिक सुनवाई कार्यक्रमको सहजिकरण भने सहजकर्ता वीरेन्द्र रावलले गर्नु भएको हो । समिक्षा कार्यक्रममा जिल्ला स्थित बिभिन्न संचार मिडियाका पत्रकारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिबेदन प्रस्तुत नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंगमल बि.क. र स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले गर्नुभएको हो ।