
बाजुरा– जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा नं. ७ लम्गाँउका अनेरास्ववियुका दशरथ मा.वि.का. सदस्य गोविन्द बहादुर रावत नेपाली काँग्रेसमा प्रवेश भएका छन । तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका गाँउ कार्य समिति सदस्य समेत रहेका रावतले नेकपाका अराजकता, बैमानस्यता, अलोकतान्त्रिक गतिविधिहरुलाई मन नपराएर नेपाली काँग्रेसमा प्रवेश भएको वताएका छन् ।
बिगत १० औँ बर्षदेखि नेकपा एमालेको बिभिन्न पदमा रही कामकाज गर्दै आएका रावतले केकपा एमालेले गरेको लोकतान्त्रिक विरोधीका काम र नेपाली जनताले रगत वगाएर ल्याएको संविधानको बलत्कार हुने गरी संसद विगठन जस्ता कामहरु गरेकोले यस्ता कार्य प्रति आफुले घिन्नता वोध गरेको युवा नेता रावत वताउछन ।
आशन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन र ७ औं जिल्ला अधिवेशनको मिति नजिकिदै जाँदा जिल्लामा नेपाली काँग्रेसका हरेक क्रियाकलापहरु हुदै आएको समयमा यसरी नेपाली काँग्रेसको लोकतान्त्रिक, समाजवाद र राष्ट्रियतालाई मन पराएर नेपाली कााग्रेसमा प्रवेश गरेकोले युवा नेता रावतलाई सम्मानजनक ठाँउमा लिने नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सचिव रनसिंह ऐडीको भनाई रहेको छ ।
पाटी प्रवेश कार्यक्रममा नेपाली कँग्रेस बाजुराका नेता तथा पुर्व संविधान सभा सदस्य देवराज जोशी, नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डित, नेपाली काँग्रेसका नेता तथा पुर्व संविधान सभा सदस्य महा नेपाली, नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधी पदम बहादुर शाही, नेपाल महिला संघकी केन्द्रीय सदस्य जुना दानी , नेपाली काँग्रेसका जुद्धझारु युवा नेता तथा बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकास रावल र नेपाली काँग्रेस जिल्ला कार्य समिति सचिव रनसिंह ऐडी लगायतका नेताहरुको उपस्थित रहेको काँग्रेस सचिव ऐडीले लोकतन्त्र विहानी न्युजलाई जानकारी दिए । यसरी जिल्लाका उच्च पदस्तका नेताहरुवाट सम्मानजनक रुपमा नेकपा एमाले परित्याग गरी काँग्रेसमा आउदाको स्वागतले आफुलाई नेपाली काँग्रेसमा रही युवा नेताको रुपमा काम गर्न थप हौसला र जिम्मेवारी रहेको काँग्रेसमा नव प्रवेशी युवा नेता रावतको भनाई रहेको छ ।
एमाले परित्याग गर्नुको कारण के त ?
बिगत लामो समयदेखि नेकपाको पाटी पंतिमा लागेर हरे कालखण्ड र समयमा गरेको योगदानको मुल्याङ्कन नगरी उल्टै देश र जनताको बिधि बिधान माथी बल्त्कार गर्ने जस्ता कृयाकलाप गरेकोले एमालेमा आफु रहन नसेकोको रावतको भनााई रहेको छ । लोकतान्त्रिक परिपाटीमा देश र जनताले ल्याएको जनवाद, लोकतन्त्रवादलाई एमालेले पटक पटक तुसाराघात गरेकोले आफुलााई नेकपाका हरे ावत वताउछन ।
काँग्रेसमा प्रवेश हुनुको कारण के ?
नेपाली काँग्रेसमा समानता, सहिष्णुता र एकताको प्रतिकमा सबैले सम्मान पाउने भएकोले नेपाली काँग्रेसका हरेक गतिविधि तथा कृयाकलापलाई मन पराएर आफु नेपाली काँग्रेसमा प्रवेश भएर आगामी दिनहरुमा नेपाली काँग्रेसमा रही कामकाज गर्ने प्रतिवद्वता गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाम गठमब्धनबाट बनेको दुई तिहाइको सरकारले देश र जनताको बिषयमा सोच्नु भन्दा कुर्सीको तानातना र सत्ता छुछाचुडले मात्र युवाहरुलाई सो पाटी अपाच्य भएको उनको गुनासो रहेको छ । यसरी लामो समय सम्म नेकपामा रही आएर कामकाग जरि रहता आफ्नो कामको पाटी पंक्तीले मुल्याङ्ककन नगरेको उनको गुनासो रहेको छ । दुइ तिहाइको बहुमतको सरकार बामगठवन्धनबाट निर्माण भएता पनि देशमा अराजकता, बलत्कार, हत्या, हिंसा चोरी डकैती जस्ता कामहरु मात्र बढेको देश र जनताको हितमा कुनै पनि काम हुन नसेकोको कुरालाई मन नपरी लोकतान्त्रिक परी पाटीमा रहेर इमान्दार कर्मठ भएर देश र जनताको सेवा गर्ने मन भएर लोकतान्त्रिक परिपाटीमा बिश्वास गर्ने पाटी नेपाली कााग्रेसमा आफु प्रवेस भएको युवा नेता रावत बताउछन ।