
बाजुरा– नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेशनको तयारी थालेको छ ।
पार्टीको सातौ जिल्ला अधिवेशनका लागि शनिबार बसेको बैठकले विभिन्न उप समिति गठन गरेको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।
शनिबार बसेको बैठकले पाटी सचिव रनसिं अयडीको संयोजक र नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेमबहादु रौले सहसंयोजक रहेको प्रचार प्रसार समिति बनाएको हो ।
यस्तै अधिवेशनका लागि नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल संयोजकत्वमा ९ वटै स्थानीय तहका एक जना रहने गरी आवास व्यवस्थापन उप–समिति बनाएको नेपाली काँग्रेस बाजुराका प्रवक्ता तिलकराज पुरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार पार्टीको सातौं जिल्ला अधिवेशनका लागि तरुण दल जिल्ला अध्यक्ष कुम्भनाथ योगीको संयोजक रहने गरी स्वयमसेवक परिचालन समिति बनाएको प्रवक्ता पुरीले टुडेलाई बताएका छन् । सातौ जिल्ला अधिवेशन तयारीका लागि विभिन्न उप समिति संयोजक र सह संयोजक बनाइएका भएपनि उप समितिका संयोजकले समिति बनाउने जिम्मेवारी दिएको पार्टी सभापति कविराज पण्डितले बताएका छन् ।
पार्टीले जिल्ला कार्य समितिका जिम्मेवारी व्यक्तिलाई संयोजकको जिम्मा दिएकाले उनीहरुले नै समिति बनाउन निर्देशन गरेको बताए ।
सभापति पण्डितको अध्यक्षतामा बसेको बैठकमा पुर्व भुमी सुधार सहायक राज्य मन्त्री जनकराज गिरी,निवर्तमान संविधान सभा सदस्यद्धय देवराज जोशी,महा नेपाली,पुर्व पार्टी सभापति मनबहादुर रावल,महासमिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य जुना दानी,महासमिति सदस्य पदम शाही,सल्लाहकार समिति संयोजक रंङ्गबहादुर खाती,लगायत जिल्ला कार्य समितिका पदाधिकारी,भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु सहभागी थिए । बैठक पार्टी कार्यालयको विपी स्मृती भवनमा बसेको हो । बैठक भोलि विहान पुन: बस्ने गरी आजको बैठक सकिएको छ ।