युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
175 पटक पढिएको

बाजुराः– साँफे देखि मार्तडीसम्म जोड्ने सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको छ । बुढिगंगा नगरपालिकाको १ अम्कोटमा रहेको सो करिब १ किलोमिटर सडक निकै जोखिममा रहेकोे छ । साँफे मार्तडी सम्म जोड्ने सडक खण्डमा पर्ने अमकोटको पहिरोले बाटोलाई जोखिममा पुर्‍याउने भएकोले अन्य बैकल्पिक बाटो नखोले बर्षातमा सो क्षेत्रको अवरोधले सडक पुर्ण रुपमा बन्द हुने सम्भावना रहेको छ । सडक डिभिजन कार्यलय साँफेबगर अछामका अनुसार साँफे मार्तडी सडक खण्ड नियमित रुपमा सुचारु भएको लामो समय भएता पनि सो ठाँउ भने वर्षदको समयमा निकै जोखिम रहदै आएकोले यात्रुहरुले जोखिम यात्रा गर्नु पर्ने भएको वताएको छ ।


गत बर्षमा पनि बर्षातको समयमा सोही ठाँउमा पहिरोका कारण चार महिना सडक अबरोध हुदै आएको थियो । करिव ६ महिना सम्म मात्र हिँउदमा नियमित सडक चलेता पनि बर्षाद यो सडक बन्द नै हुने भएको छ । यता प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई सोध्दा बडीमालिका नगरपालिका र बुढीगँगा नगरपालिकाको सहकार्यमा निर्माण कार्यलाई जोड दिने यदि सो ठाँउमा बर्षदको समयमा आवत जावत कार्य सम्भव नभए बैकल्पिक बाटो अपनाउने बताए ।
साँफे मार्तडी सडक खण्ड पटक पटक जोखिम हुँदा मार्तडी, उत्तरी क्षेत्रको कोल्टी, हुम्ला र मुगु सम्म आवत जावतमा निकै समस्या हुने भएको छ । अघिल्लो बर्षको बर्षदमा पनि सडक अबरोध हुँदा ति क्षेत्रका बासिन्दाहरुले दैनिक उपभोग्य सामान औषधिको ओसार पसारमा चरम अभाब खेप्दै आएका थिए । यसरी सो ठाँउको सडकमा पटक-पटक बर्षादले सवरोध गर्दै जाने भएकोले अन्य बैकल्पि बाटो नखोले बर्षादमा पुर्ण रुपमा अवरोध हुन सक्ने भएको छ ।


त्रिवेणीको पैमाबाट आएको पहिरोले नदि थुनिए पछि बुढिगंगा नगरपालिका १ को अम्कोटमा नढीले कटान गरी सडक भासिदै आएकोले अमकोट गाँउ नै पुरै जोखिममा परेको छ । पहिलेको बर्षमा मात्र सडक भासिदा १ जनाको मृत्यु भएको थियो भने कयौँ यात्रुहरुले जोखिम खेप्नु परेको थियो । त्यस्तै कयौँ यातायातका साधनहरुले ठुलो क्षेत्री बेहोर्नु परेको थियो । बुढिगंगा नगरपालिका १ अम्कोटका ७ घर–परिवार बिस्थापित समेत भएको एक स्थानियले बताएका छन । बुढिगंगा नगरपालिका १ अमकोटका टिकाराम पाध्याय, मीमाराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय पुर्ण रुपमा विस्थापित भएका थिए । परिवार बिस्थापित भए सँगै खेति योग्य जमिन समेत पहिरोले वगाएर बिचल्ली बनाएको थियो ।


लामो समय देखि नियमित सुचरु भएको साँफे मार्तडी सड्क अबरुद्ध हुदा हुदै पनि सम्बन्धित निकायलाई जानकारी भएपनि कसैले वास्ता नगरेकाेे सो ठाँउका स्थानियहरुको गुनासो रहेको छ ।
यता सडकको समस्या आई रहदा बाजुरा जिल्लाबाट निर्वाचिन माननिय लाल बहादुर थापालाई भने आफ्नो वडा मा ५ करोडको बजेटमा फनपार्क निर्माण गर्ने योजनाको चटारो रहेको छ । यसरी वर्षादको समय नजिकिदै जाँदा साँफे मार्तडी जोड्ने सडक खण्डमा पर्ने अमकोटमा बाढीले सडक अवरोध हुँने सम्भावना भैरहदा पनि आफ्नो वडामा ५ करोडको फनपार्क निर्माणका लागी माननियले चिन्तन दिनु भएकोमा बाजुराका स्थानियहरुले बिकासका कार्यमा प्राथमिकता दिने ठाँउमा ध्याँन नगएको बारे गुनासो गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!