
धनगढी : सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ स्थित भासु भिरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
आज विहान ३ बजेदेखि राजमार्ग अवरुद्ध रहेको बताउँदै कार्यालयले जेसिबीमार्फत राजमार्ग खोल्ने प्रयास भइरहेको जनाएको छ ।