
बाजुरा– नेपाली काँग्रेस बाजुरा अनुशासन समितिले सामाजिक संजाल र सार्वजनिक ठाउँहरुमा पार्टीका विषयमा अनावश्यक टिका टिप्पणी नगर्न कार्यकर्तालाई आग्रह गरेको छ ।
आइतबार बसेको अनुशासन समितिको बैठकले पार्टीका जिल्ला तहका शिर्ष नेताहरुको विषयमा सामाजिक संजालमा भ्रम फैलाउने कार्यप्रति ध्यानाकर्षण भएका जनाएको छ ।
अनुशासन समितिका संयोजक तथा तत्कालिन संविधान सभाका सदस्य महा नेपालीको अध्यक्षतामा बसेको बैठकले पार्टीका शिर्ष नेता र पार्टीलाई आँच आउने कार्य नगर्न नगराउन आग्रह गर्ने निर्णय गरेको अनुशासन समितिका सचिव नरेन्द्र कुमार रोकायाले जानकारी दिएका छन् ।
पार्टीको भातृ संघ,शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारी र पार्टीमा आस्थावान क्रियाशिल कार्यकर्तालाई सत्य तथ्य बुझेर मात्र सामाजिक संजालमा लेख्न निर्देशन दिएको अनुशासन समितिका संयोजक महा नेपालीले बताए ।
पार्टीको १४औं महाधिवेश र सातौ जिल्ला अधिवेशन लक्षित मात्र नभई हरेक अवस्थामा पनि पाटी विपरित टिकाटिप्पणी गरेको पाइएमा अनुशासन समितिले पार्टीको विधान अनुसार कारबाही गर्ने संयोजक नेपालीले टुडेलाई बताए ।
पार्टीको १४ महाधिवेशन र सातौ जिल्ला अधिवेशनको तयारीको पुर्व सन्ध्यामा बसेको बैठकले पार्टीको हित विपरित र पार्टीलाई आँच आउने कार्य गरेमा नेता तथा कार्यकर्ता जुनसुकैलाई कारबाही गर्ने अनुशासन समितिले चेतावनी दिएको छ ।
आइतबार बसेको अनुशासन समितिको बैठकमा पार्टी सभापति कविराज पण्डित,पुर्व भुमीसुधार राज्य मन्त्री जनकराज गिरी,तत्कालिन संविधान सभा सदस्य देवराज जोशी,महासमिति सदस्य पदमबहादुर शाही,जुना दानी,पुर्व पार्टी सभापति मनबहादुर रावल,पार्टी सचिव रनसिं अयडी लगायतका पाटीका नेताहरु सहभागी थिए ।