
दार्चुला– दुहूँ गाउँपालिकामा आइतबार आएको बाढी पहिरोमा परी एक जनाको ज्यान गएको छ भने अन्य दुई जना बेपत्ता भएका छन् ।
दुहूँ गाउँपालिका वडा नम्बर १ बस्पालीका नरसिंह महराको ज्यान गएको छ भने उनका श्रीमति कौशी देवि महरा बेपत्ता भएका छन् । दुबैजना श्रीमान श्रीमति मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएपछि महरा दम्पत्ती बेपत्ता भएको र नरसिंह महरा भने फेला परिसकेको आफन्त आनसिंह महराले जानकारी दिनुभयो । अन्य भौतिक क्षेति भएको छ । बेपत्ता महराको खोजी भइरहेको छ ।
पहिरोले घर पुरिदाँ दुहूँ गाउँपालिका वडा नम्बर ५ दुल्ला बसने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको सहकर्मी लोकेन्द्र बमले खबर पठाउनु भएका छ ।
दुहूँ गाउँपालिकामा बाढी पहिरोले तीन ओटा घरमा पूर्ण क्षेति गरेको छ भने एक दर्जन बढी घरहरुमा आंशिक क्षेति भएको छ । खोलाहरुमा रहेको तीन ओटा झोलुंगे पुलहरु तथा एउटा आरसिसि पुल पनि बगाएकाले आवत् जावत् गर्न समस्या भइरहेको छ । वडा नम्बर ५ मा रहेको कालागाड जलविद्युत् योजनामा पनि क्षेति पुर्याएको छ । उद्वारका लागि घटनास्थलसम्म पुग्न समेत समस्या भइरहेको छ ।
त्यस्तै दुहूँ गाउँपालिका वडा नम्बर ३ मा निजाङ खोलाको मोटरेबल पुल बगाएको छ । दार्चुला–तिंकर सडक खण्डको निजाङ खोलाको मोटर पुल बगाएको छ ।
श्रीबगडको नजिकै २ ओटा घरमा पूर्ण क्षेति भएको र ३ ओटा घरमा क्षेति भएको पहिरो स्थलमै रहेका दार्चुला सन्देश दैनिक पत्रिकाका सम्पादक पदम बडालले जानकारी दिनुभयो । जिल्लाभरीका नदी नालाहरुमा पानीको सतह बढेको छ । बाढी पहिरोले क्षेति पुर्याएको क्षेत्रमा उद्वारका लागि सुरक्षाकर्मीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ध्रुब बहादुर बिष्टले जानकारी दिनुभयो । श्रीबड क्षेत्रमा भने डिएसपी मनोहर प्रसाद लगायतका सुरक्षाकर्मीहरुको टोली गएको छ ।