काठमाडौं : मनसुनी वायुको प्रभावले गर्दा बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मंगलबार दिउँसो देशभर सामान्य बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार कोशी, नारायणी,कर्णाली र यसका सहायक नदीहरूमा बहाब केही बढ्ने; महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने;मझौला नदीहरुमा बहाब सामान्य घटबढ हुने तथा सतर्कताभन्दा तलै रहने पूर्वानुमान छ ।
बुधबार प्रदेश नं १ का एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ ।
बिहीबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पुर्बानुमान बिभाग महाशाखाले जनाएको छ ।