युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
92 पटक पढिएको

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य उपत्यकाको फोहोर व्यवस्थापनका लागि बन्चरे डाँडा ल्याण्डफिल्ड साइडसम्म पुग्ने बाटो अबिलम्ब निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् । सोमबार महानगरपालिकाका प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी फोहोर व्यस्थापनमा सहयोग गर्न आग्रह गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवा जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनका लागि सकारात्मक भएका छन् । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण बिग्रिएको छ । त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फोहोर उठाउन सकेका छैनौँ,’ प्रधानमन्त्री देउवासँगको छलफलपछि प्रमुख शाक्यले भने, ‘सिसडोलसम्म फोहोर बोकेका गाडी लैजानका लागि सडक निर्माणको पहल गर्न हामीले प्रधानमन्त्रीज्युलाई आग्रह गर्‍यौ। उहाँले त्यहिबाट सडक विभागका महानिर्देशकज्युलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिनुभयो ।’

प्रमुख शाक्यको सचिवालयले प्रधानमन्त्रीले बोलाएरभन्दा पनि फोहोर व्यवस्थापनका लागि आफैंले पहल गरेर प्रधानमन्त्रीसँग भेटघाट गरेको जानकारी गराएको छ। प्रमुख शाक्यले यस अघि नै सहयोगको अपिल गर्दै प्रधानमन्त्रीज्युलाई पत्र पठाएका थिए ।

उपत्यकाको फोहरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताकासाथ आवश्यक कारवाही अगाडि बढाइ दिन शाक्यले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘नेपाल सरकारबाट काठमाडौं उपत्यकाको फोहरमैलाको दीर्घकालिन समस्या समाधानको लागि निर्माणाधिन वन्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइटको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल्ड साइडमा पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहरमैला व्यवस्थापनमा अवरोध पुगेको छ।’शाक्यले प्रधानमन्त्रीलाई पठाएको पत्रमा भनिएको छ, ‘यस अवस्थामा तत्काल उक्त बन्चरे डाँडा ल्याण्डफिल्ड साइड र सो साइडसम्म पुग्ने बाटो अबिलम्ब निर्माण सम्पन्न गरी काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनमा सहजताका लागि प्राथमिकताकासाथ आवश्यक कारवाही अगाडि बढाई दिनु हुन अनुरोध गर्दछु।’काठमाडौं महानगरपालिका बाहेक २० भन्दा बढी स्थानीय तहबाट उत्सर्जन हुने फोहरसमेतको अन्तिम जिम्मेवारी काठमाडौं महानगरपालिकाबाट हुँदै आएको छ ।

‘काठमाडौं उपत्यका भित्रका १८ वटा नगरपालिका क्षेत्र र काभ्रेपलाञ्चोक, तथा नुवाकोट र धादिङ जिल्ला समेतबाट उत्सर्जन हुने फोहरमैलाको अन्तिम विसर्जन नुवाकोट जिल्ला ककनी गाउँपालिकास्थित सिसडोल ल्याण्डफिल्ड साइडमा भैरहेको छ।’ पत्रमा भनिएको छ, ‘संवत २०६२ सालदेखि दई वर्षका लागि उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न भनी तयार पारिएको ओखरपौवा सिसडोल स्यानिटरी ल्याण्डफिल साइटमा हालसम्म (करिब १६ वर्ष) सञ्चालन भइरहेको छ। दुई वर्षका लागि निर्माण भएको उक्त ल्याण्डफिल्ड साइटमा अन्य विकल्पको अभावमा अत्यन्तै कठिनतापूर्वक हालसम्म उपत्यकाको फोहरमैलाको अन्तिम विसर्जन भइरहेको विषय आफैमा निकै चनौतीपर्ण हो ।’

काठमाडौं महानगरपालिकाका वातावरण तथा कृषि विभागका प्रमुख हरिकृष्ण श्रेष्ठले महानगरले काम गरिरहेको भए पनि ‘गर्दै गरेन’ भन्ने आक्षेप आएको गुनासो गर्े । उनका अनुसार सहरी विकास मन्त्रालयले ल्यान्डफिल साइटको व्यवस्थापन गर्ने, सडक विभागले सडक बनाउने र महानगरले फोहोर व्यवस्थापन गर्ने भन्ने थियो। गत वर्ष नै फोहोर राख्ने ठाउँ छैन भन्ने जानकारी मन्त्रालयलाई गराइए पनि यो वर्षसम्म त्यहीँ व्यवस्थापन गरिदिन समय दिएको हा् ।

सिसडोलबाट नजिकै रहेको बन्चरेडाँडामा फोहोर जान्छ भन्ने थियो। त्यहाँ जान नसक्दा यो समस्या निम्तिएको श्रेष्ठले स्वीकारे। अहिले फोहोर थुपारिएको ठाउँमा बाटो बनेको छ । फोहोरमाथि ग्राभेलसमेत भएको थियो। फोहोर भरिएका गाडी जाँदा सडक भासिएको छ। त्यसैले फोहोरका गाडी धेरै दिनदेखि सडकमै थन्किएका छन् ।

आजको अन्नपुर्ण पोष्टबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!