युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
254 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा– जिल्ला खप्तड छेडेदह गाउँपालिका वडा न .४ मा पर्ने सुन्दर रमणिय छेडेदह ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको घुईचो बढेको छ । पछिल्लो समयमा आन्तरिक पर्यटकहरुको मन जित्दै गएको सो तालमा बिशेष गरेर श्री कृष्ण जन्माअष्टमीको अवसर पारी उक्त ताल हेर्न आउनेको घुइँचो बढ्न थालेको हो ।

प्रत्येक बर्ष यो दिनमा सो ताल हेर्न करिब ७/८ सय जना आन्तरिक पर्यटकहरु आउने गरेको स्थानियहरु बताउन्छ्न । यो बर्ष पनि पनि उक्त ताल हेर्न का लागि ४/५ घण्टाको पैदल यात्रा गरेर आन्तरिक पर्यटकहरु आएका थिए । कोभिडका कारण यो बर्ष केही कम आएता पनि बर्षेनी उक्त ताल हेर्न आउनेको संख्या बढ्दै गएको छ । बर्षादको समय सुरु भएपछि ताल झन रमणिय अनि सुन्दर बन्दै जाने भएकोले पानीमा छाता ओढेर समेत सो ताल हेर्न आउने गर्छन, एक युवा विद्यार्थी राजेश सुनारले बताए ।

म यो ताल हेर्न धेरै पटक आएको छु । घर देखि एहा सम्म पुग्न करिव ४ घण्टा लाग्छ । यो तालको सौन्दर्यता हेर्दा कहिले रहर पूरा हुदैन । पटक पटक आईरहु जस्तै लाग्छ । बर्षादको समयमा त झन जता–ततै हरियाली अनि बिचमा रमणिय ठूलो ताल देखेपछि जति थकाइ लागेको भए पनि थकान महसुस नै हुँदैन । मलाई लाग्छ यो तालको सौन्दर्यतालाई हेर्दा जोकोहीको मन लोभिन्छ होला, तर एसो हेर्दा यो ठाउँको प्रचार प्रसार अनि प्रबर्दनमा ढिलाई भएको जस्तो महसुस मलाई भैरहेको छ । यस ठाउँका स्थानीयहरुले यो ठाउँको प्रचार–प्रसार संरक्षण र प्रवर्दनमा जोड दिनुपर्ने हुन्छ ।

यो तालको प्रचार–प्रसार र प्रबर्द्धनमा गर्न सक्यो भने आन्तरिक मात्र नभई बाह्य पर्यटकहरुलाई पनि भित्र्उन सकिने देखिन्छ । मलाई लाग्छ यो ठाउँला स्थानीयहरुले नै यो ताललो प्रचार प्रसार र प्रबर्द्धनमा ब्यवास्था गरेको देखिन्छ । बाहिरबाट आउने पर्यटक हरुका लागी खान बस्न को व्यवस्था गर्न सक्नुपर्छ । यहा पुगेर एउटा कार्यक्रम गरौं भने पनि बत्तिको समेत समस्या छ, एक आन्तरिक पर्यटक बुढीगंगा नगरपालिका वडा न .४ का गाएक मोडल तथा सर्जक राजेन्द्र रावतले बताए ।

विद्यार्थी युवा राजेश सुनारका अनुसार ताल हेर्न आउनेको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला भित्रवाट नभै जिल्ला बाहिरबाट पनि सो ताल हेर्न आउने गरेका छन । बिशेष गरी श्री कृष्ण जन्माअष्टमीको दिनमा यो ताल हेर्न आउनेको घुइँचो हुन्छ । हामीले यो तालको प्रचार प्रसारमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रत्येक बर्ष यो छेडेदह तालमा कुनै न कुनै कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका थियौ ।यो बर्ष पनि छेडेदह साहित्य प्रतिष्ठानको आयोजनामा रचना बाचन कार्यक्रम गर्ने हाम्रो योजना थियो ।कोरोना भाइरसका कारण त्यो संभाव भएन । हामीले अनौपचारिक ढंगले रचना बाचन कार्यक्रम पनि गर्यौ । अर्को बर्षबाट हामी बृहत कार्यक्रम आयोजना गर्ने हाम्रो लक्ष्य रहेको छ एस्तो जोखिमको बेला पनि यो ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको घुइँचो लागेको छ ।

तर दुखको कुरा बिशेश गरेर यो तालको प्रचार प्रसार र प्रवर्दनका लागी आफ्नै स्थानीय तहले पनि कुनै पहल नगेरेको सुनारको गुनासो रहेको छ । स्थानीय तहले अहिलेसम्म यो तालको प्रचार प्रसार र पवर्दनमा कुनै चासो देखाएको छैन । अरु ठाउँहरुमा श्रोतको खोजी गरेर प्रचार प्रसार र प्रवर्दन गरिन्छ । हाम्रो आखा अगाडी श्रोत हुदा पनि ब्यवास्था गर्नु लज्जास्पद बिषय हो ।नजिकको तिर्थ हेला भनेझै छेडेदह ताल आफ्नै स्थानीय तहबाट ओझेलमा परेको छ उनले भने । यसमा स्थानीय सरकार मात्र नभै प्रदेश र संघ सरकार को पनि यसमा नजर परेको छैन । यो ताल तीन वटै तहका सरकार बाट ओझेलमा परेको सुनारको भनाई रहेको छ ।

अव यो ठाउँको प्रचार प्रसार र प्रबर्द्धनका लागि हामी युवाहरू लागि रहेका छौं । यो तालको प्रबर्द्धन गर्दै आन्तरिक मात्र नभै बाह्य पर्यटकहरु भित्र्याउने हाम्रो लक्ष रहेको छ । अव हामी छेडेदह ताल संरक्षण समिति गठन गर्ने निर्णय गरेका छौं ।छेडेदह ताललाई जसरी पनि पर्यटकिय क्षत्र बनाउने हाम्रो दीर्घकालीन लक्ष रहेको छेडेदह साहित्य प्रतिष्ठानका अध्यक्ष गणेश बुढाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!