युनिकोड    राशिफल    एफएम रेडियाे                        
33 पटक पढिएको

मिन बहादुर खड्का/बाजुरा–नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराले गुट उपगुटमा नलागि सबै एक ठाँउमा उभिएर  जिल्ला अधिबेशन   सफल गर्ने निर्णय गरेको छ ।

भाद्र ११ गतेका दिन पार्टी सचिव  रनसिं अयडीको अध्यक्षतामा बसेको बैठकमा तत्कालिन संविधान सभा सदस्य द्धय देवराज जोशी,महा नेपाली, महासमिति सदस्य पदमबहादुर शाही, जुना दानी, पाटी सल्लाहकार समिति संयोजक रनसिं अयडी, पाटी प्रवक्ता नरबहादृुर शाही, प्रचार प्रसार समिति संयोजक तिलकराज पुरी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागितामा बसेको जिल्ला कार्य समितिको बैठकले नेपाली कांग्रेसमा आस्थावान कुनै पनि नेता कार्यकतालाई गुट उपगुटमा नलागेर सबै एक ठाँउमा उभिन आग्रह गर्दै सिङगो नेपालि कांग्रेस एकिबद्ध भएर जिल्ला अधिबेशन सफल गर्ने निर्णय गरेको हो ।

नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन र सातौं जिल्ला अधिवेशन नजिकिदै गर्दा नेपाली कांगे्रसमा आस्थावान केहि नेता तथा कार्यकर्ताहरुले गुट उपगुटमा लागि अपवाह हल्ला फैलाउने गरी भ्रमात्मक सुचना तथा समाचारहरु सामाजिक संजालमा प्रकाशन गरेको भएतापनि सनिवार बसेको बैठकमा अव उप्रान्त यस्ता गल्तिहरु नदोर्होयाउने नेता तथा कार्यकर्ता हरुबिच दोहोरो सहमति भएको छ । बैठकमा आसन्न १४ औं महाधिवेशन र सातौं जिल्ला अधिवेशनमा सिङगो नेपाली कांग्रेस एक ठाँउमा उभिएर मिलोमतोका साथ हातेमालो गर्दै अधिवेशन सफल गर्ने निर्णय भएको छ । बैठकले नेपाली कांग्रेस पार्टी भित्र कुनै प्रकारको एक अर्का बिच मनमोताव नगरी पार्टीलाइ बलियो बनाउन तर्फ सबै नेता कार्यकर्ताहरु सहकार्यका साथ अगाडी बढ्ने सहमति भएको छ ।

नेपाली काँग्रेस बाजुराको शनिबार बसेको बैठकले पार्टी सचिव रनसिं अयडी संयोजक र नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेमबहादुर रौले सह–संयोजक तोकेको थियो । आइतबार सातौ जिल्ला अधिवेशन प्रचार प्रसार उप समितिका संयोजक रनसिं अयडीको अध्यक्षतामा बसेको बैठकले उप समितिलाई पूर्णता दिएको थियो ।बैठकले पार्टी सचिव रनसिं अयडी संयोजक,नेपाल प्रेस युनियन अध्यक्ष प्रेमबहादुर रौले सह–संयोजक रहने गरी ७ सदस्यीय उप समिति सहितको प्रचार प्रसार समिति गठन गरिएको थियो ।

प्रचार प्रसार उप समितिको सदस्यमा युनियन उपाध्यक्ष संगिता तिमिल्सेना, केन्द्रीय पार्षद रमा कुमारी रावल, नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद रामबहादुर दानी, युनियनका सदस्य जनक बोहरा र प्रदेश पार्षद राजेन्द्र रोकायालाई मनोनित गरेको थियो ।त्यस्तै नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन र सातौं जिल्ला अधिवेशनसंगै प्रदेश निर्वाचन (ख) को तयारी पनि थालिएको थियो । आइतबार बसेको प्रदेश ख कार्य समितिको बैठकले प्रथम अधिवेशनको तयारी लागि विभिन्न उप–समिति बनाइएको थियो ।

पार्टीेको प्रदेश निर्वाचनका लागि प्रचार प्रसार उप–समिति, आवास व्यवस्थापन उप समिति,आर्थिक व्यवस्थापन उप समिति, स्वयम सेवक परिचालन उप–समिति र मञ्च व्यवस्थापन उप समिति गठन गरिएको थियो । प्रचार प्रसार उप समितिको संयोजकमा कृष्णराज गिरी, सह–संयोजकमा नेपाल प्रेस युनियनका उपाध्यक्ष मानबहादुर ऐडी रहेका थिए ।त्ययसै गरी आवास व्यवस्थापन समितिको संयोजकमा गुरुदेव  (सुमन) केसी,सदस्यमा सन्तोष नाथ, राज बहादुर धामी र रामबहादुर कार्की रहेका थिए । आर्थिक व्यवस्थापन उप समितिमा संयोजक प्रकाश रावल, सदस्यमा ललित थापा, हर्क रावत र भीम थापा रहेका थिए ।
प्रदेश निर्वाचन क्षेत्र (ख) को बैठकले स्वयम सेवक परिचालन उप समितिमा तरुण दल जिल्ला अध्यक्ष कुम्भनाथ योगीलाई संयोजकको जिम्मेवारी दिएको थियो । बैठकले मञ्च व्यवस्थापन महिला संघलाई दिइएको थियो ।

त्यस्तै भाद्र १२ गते बसेको अनुशासन समितिको बैठकले सामाजिक संजाल र सार्वजनिक ठाउँहरुमा पार्टीका विषयमा अनावश्यक टिका टिप्पणी नगर्न कार्यकर्तालाई आग्रह समेत गरेको छ । गत आइतवार बसेको अनुशासन समितिको बैठकले पार्टीका जिल्ला तहका शिर्ष नेताहरुको विषयमा सामाजिक संजालमा भ्रम फैलाउने कार्यप्रति ध्यानाकर्षण भएका जनाएको छ ।

अनुशासन समितिका संयोजक तथा तत्कालिन संविधान सभाका सदस्य महा नेपालीको अध्यक्षतामा बसेको बैठकले पार्टीका शिर्ष नेता र पार्टीलाई आँच आउने कार्य नगर्न नगराउन आग्रह गर्ने निर्णय गरेको छ । पार्टीको भातृ संघ, शुभेच्छुक संस्थाका प्रमुख तथा पदाधिकारी र पार्टीमा आस्थावान क्रियाशिल कार्यकर्तालाई सत्य तथ्य बुझेर मात्र सामाजिक संजालमा लेख्न निर्देशन दिएको अनुशासन समितिका संयोजक महा नेपालीले बताए ।

पार्टीको १४ औं महाधिवेशन र सातौ जिल्ला अधिवेशनलाई लक्षित मात्र नभई हरेक अवस्थामा पनि पाटी विपरित टिकाटिप्पणी गरेको पाइएमा अनुशासन समितिले पार्टीको विधान अनुसार कारबाही गर्ने संयोजक नेपालीले बतए । पार्टीको १४ महाधिवेशन र सातौ जिल्ला अधिवेशनको तयारीको पुर्व सन्ध्यामा बसेको बैठकले पार्टीको हित विपरित र पार्टीलाई आँच आउने कार्य गरेमा नेता तथा कार्यकर्ता जुनसुकैलाई कारबाही गर्ने अनुशासन समितिले चेतावनी समेत दिएको छ ।

यसरी काँग्रेसको आसन्न १४ औं महाधिवेशन र सातौं जिल्ला अधिवेशन सफल पार्नका लागि नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताहरु एकै ठाँउमा उभिएका छन । यसो हेर्दा अधिवेशन सभ्य र भव्य तरिकाले सम्पन्न हुने देखिन्छ । पर्तिसपर्धामा उत्रिए पछी एउटाको जित एउटाको हार हुन्छ नै तर यो लोकतान्त्रिक परिपाटीमा प्रतिस्पर्धामा उत्रिनु स्वभाविक प्रक्रिया नै हो । नेतृत्व चयन गर्दा कडा प्रतिस्पर्धा हुने त देखिन्छ नै तर गुट उपगुटमा नलागि सकेसम्म सहमतिका आधारमा माहा–अधिवेशन सफल पार्ने कांग्रेस बाजुराको तयारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!