युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
97 पटक पढिएको

डोटीनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन भदौ १८ गते गर्ने निश्चित भएपछि जिल्लामा कांग्रेस कार्यकर्ताको चहलपहल निकै बढेको छ ।
लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ। पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क भएको महाधिवेशन प्रतिनिधि तथा जोरायल गाउँपालिकाका स्थानीयवासी दीपककुमार विष्टले बताए ।
पार्टीले यही भदौ १८ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख तथा कांग्रेस नेता घनश्याम पाठकले बताए । उनले भने, “महाधिवेशन हुँदैन कि भन्ने कुराले कार्यकर्तामा निरासा थियो, अब हुने निश्चित भएपछि नेताहरु पनि जिल्ला आएका छन्, चहलपहल पनि बढेको छ भने कार्यकर्तामा खुशीयाली छाएको छ उनले भने,।
वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले पनि जिल्लामा हतारहतारमा भेला र छलफल हुन थालेको कांग्रेस युवानेता तथा केआइसिंह गाउँपालिकाका स्थानीयवासी पदम रावलले बताए । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुरलगायतका ठाउँमा अहिले प्राय: काग्रेस नेता तथा कार्यकर्तामात्रै देखिने गरेका छन ्।
जिल्ला पार्टी सभापति प्रदीपकुमार देउवाले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको जानकारी गाराएसँगै कांग्रेस अधिवेशनले चर्चा पाएको हो । पछिल्लो समय यहाँका नौवटै स्थानीय तहमा रहेका कांग्रेस नेताहरुले आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गर्न सुरु गरेका छन ्। वडा अधिवेशनका लागि मात्रै भए पनि जिल्लामा खासै देखा नपर्ने नेताहरू अहिले जिल्लामा आइपुगेका छन । शिखर नगरपालिका–१ का दीपकबहादुर बोगटी बतबए ।

जिल्लाका नौवटै स्थानीय तहका सबै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको पार्टीका पूर्वसभापति वीरबहादुर बलायरले बताएका छन । बलायरले अनुसार जिल्लाका सबै स्थानीय तहका गाउँ कमिटीमा सहमति गरेरै नेतृत्व चयन गरिने योजना रहेको छ । वडागतरूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्नेबारेमा अहिले यहाँका गाउँमा छलफल सुरु भएको छ उाले भने ।

कांग्रेस महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारीसमेत तोकिसकेको छ । केन्द्रले निर्वाचनका लागि पठाएका आवश्यक कागजात तथा सामग्री जिल्लामा आउँदै गरेको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको अबको नेतृत्व कस्तो बनाउने भन्नेबारेमा गाउँदेखि जिल्ला सदरमुकाममा अहिले निकै चर्चा परिचर्चा सुरु भएको बताइएको छ ।
दिनेश खबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!